ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु इन्स्योरेन्स : कम्पनी विश्लेषण (आइतवार, ५ साउन २०७६)

Jul 21, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


१ वर्षको अवधिमा कम्पनीको शेयरमूल्य रू. ५२७ सम्म पुगेको थियो भने न्यून रू. ३५८ सम्म आइपुगेको छ । कम्पनीले साउन १७ गते २३औं सभा बोलाएको छ । कम्पनीले बीमा समितिले तोकेबमोजिमको रू. १ अर्ब ५० करोड चुक्तापूँजी पु¥याइसकेकाले यस सभामा लाभांश प्रस्ताव गरेको छैन । बिहीवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता रू. २ ले वृद्धि भई रू. ३७६ कायम भएको छ । सो दिन कम्पनीको शेयरमूल्य बढेर रू. ३७७ सम्म पुगेको थियो । बिहीवार कम्पनीको १० हजार ८८० कित्ता शेयरको रू. ४० लाख ६९ हजार १९० बराबरको कारोबार भएको थियो । कम्पनीको तेस्रो त्रैमाससम्म बीमा कोषमा रू. ५१ करोड ३० लाख ७० हजार र महाविपत्ति जगेडामा रू. ७ करोड १८ लाख ७० हजार छ । तेस्रो त्रैमासमा कम्पनीले रू. ७० करोड ८७ लाख ७ हजार कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ५३ हजार ९०९ बीमालेख जारी गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले रू. १४ करोड २ लाख ५४ हजार खुद नाफा गरेको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन सामान्य डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने र बढ्नेमा अन्योलको संकेत गर्दछ । आरएसआई न्युट्रल जोन ५० दशमलव ३१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ६ दशमलव शून्य १ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजीकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्य रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ३७६  देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ३८५ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ३५८ मा टेवा पाउने देखिन्छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)