ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनाइटेड फाइनान्स : कम्पनी विश्लेषण (आइतवार, ५ साउन २०७६)

Jul 21, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १० करोड ९४ लाख नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७० प्रतिशत बढेको हो । असार मसान्तमा रू. ३ करोड ७३ खराब कर्जा उठ्नुका साथै खुद ब्याज आम्दानी बढेपछि कम्पनीको नाफा बढेको देखिन्छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १ कारोड पुगेको छ । कम्पनीले २४० प्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि पूँजीवृद्धि भएको हो । कम्पनीले खराब कर्जा संकलन गरेपछि निष्क्रिय कर्जा शून्य दशमलव ६८ बाट घटेर शून्य दशमलव ६५ प्रतिशतमा आएको छ । प्रतिशेयर आम्दानी रू. १० दशमलव ८३, मूल्य आम्दानी अनुपात १७ दशमलव ७२, तरलता अनुपात २६ दशमलव ८३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४७ दशमलव ७२ छ । बिहीवार कम्पनीको शेयरमुल्य रू. ३ बढेर रू. १८५ कायम भएको छ ।

कम्पनीको ५४ दिनको कारोबार अवधिको अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ५३ दशमलव १६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ६३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्य रेखा माथि छ । बिहीवारको  शेयरमूल्य रू. १८५ देखि बजार अवस्था परिवर्तन भई महँगिएमा रू. १९२ मा प्रतिरोध पाउने र सस्तिएमा रू. १८२ मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)