ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंक इन्टरनेशनल : कम्पनी विश्लेषण (बुधवार, ८ साउन २०७६)

Jul 24, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ११ करोड ९४ लाख ६६ हजार छ । यस अवधिमा बैंकले रू. १ अर्ब ४८ करोड ६८ लाख २५ हजार खुद नाफा आर्जन गरेको छ । चौथो त्रैमासमा बैंकको निक्षेप संकलन रू. ७० अर्ब ५० करोड ९० लाख ८४ हजार छ भने कर्जा प्रवाह रू. ६२ अर्ब ९० करोड ९२ लाख ४० हजार छ । सो अवधिमा बैंकको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ७९ छ । गत पुसमा सम्पन्न वार्षिक साधारणसभा मार्फत मर्जरमा जान उपयुक्त लागेमा आवश्यक कार्यका लागि अख्तियारी दिएको बैंकले हालसम्म मर्जरको खबर भने सार्वजनिक गरेको छैन । हाल बैंकको चुक्ता पूँजी रू. ८ अर्ब ३७ करोड १० लाख ६४ हजार छ । बैंकको जगेडा कोषमा रू. २ अर्ब ७७ करोड ६३ लाख ८५ हजार छ । मंगलवारको कारोबारमा बैंकको अन्तिम शेयरमूल्य ३ अंक बढेर रू. २३१ कायम भएको छ ।

कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्वाइट ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६४ दशमलव ०४ विन्दुमा छ । यसले शेयर खरीदविक्री बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ४९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. २३१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २३५ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. २२० मा टेवा पाउने देखिन्छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)