ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया बैंक : कम्पनी विश्लेषण (बुधवार, ८ साउन २०७६)

Jul 24, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

बैंकले साउन ६ गतेदेखि ‘एनआईसी एशिया डिबेन्चर २०८३/८४’ जारी गरेको छ । बैंकले १० दशमलव २५ प्रतिशत वार्षिक ब्याजदरमा प्रतिकित्ता रू. १ हजारका दरले ४४ लाख कित्ता ऋणपत्र जारी गरेको हो । बैंकले ऋणपत्रमा अर्धवार्षिक ब्याज भुक्तानी दिनेछ । ऋणपत्रको अवधि ७ वर्षको छ । बैंकले रू. २ अर्ब ६४ करोड व्यक्तिगत तवरबाट निष्कासन गरेको छ भने रू. ४ अर्बको ४० करोडको ४० प्रतिशत अर्थात् रू. १ अर्ब ७६ करोड सर्वसाधारण लगानीकर्ताका लागि जारी गरेको छ । बैंकले असार मसान्तको वित्तीय विवरण हालसम्म सार्वजनिक गरेको छैन । बैंकले सहायक कम्पनीमार्फत धितोपत्रको कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट बाटो खुला गरिसकेको छ । राष्ट्र बैंकले साधारणसभा मार्फत पारित गरेको प्रबन्धपत्र विनियमावलीमा समावेश ब्रोकर कारोबार गर्न सक्ने प्रस्तावलाई स्वीकृति दिएको हो । मंगलवार बैंकको शेयरमूल्य २ अंक बढेर रू. ४६५ कायम भएको छ ।

कम्पनीको ६४ दिनको कारोबार अवधिमध्ये अन्तिम ३ दिनको मैनबत्तीलाई हेर्दा ग्रेभ स्टोन डोजी आकृति बनेको देखिन्छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिशमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५५ दशमलव ४४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव २३ विन्दुमा छ । यस्तो अवस्थामा उतारचढाव कम हुने भएकाले जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा २६ दिने र १४ दिने मूल्यरेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ४६५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४६९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४४३ मा टेवा पाउने देखिन्छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)