ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा फाइनान्स : कम्पनी विश्लेषण (बुधवार, ८ साउन २०७६)

Jul 24, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

पोखरा फाइनान्स कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गरिसकेको छ । गत आर्थिक वर्षकोे तेस्रो त्रैमासमा कम्पनीले रू. ६ करोड २८ लाख नाफा कमाएको थियो । हालसम्म चौथो त्रैमासको वित्तीय विवरण भने कम्पनीले सार्वजनिक गरेको छैन । कम्पनीको चुक्ता पूँजी रू. ८५ करोड ७२ लाख छ । कम्पनीले रिजर्भ कोषमा रू. ३१ करोड २० लाख छुट्याएको छ । मंगलवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य स्थिर रही रू. १४२ कायम भएको छ । यस दिन कम्पनीको १६१ कित्ता शेयर खरीदविक्री भएको छ ।

कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिन सेतो मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५७ दशमलव ५९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६ विन्दुमा छ । उतारचढाव कम छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्य माथि छ । मंगलवारको शेयरमूल्य रू. १४२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १४६ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. १३८ मा टेवा पाउने देखिन्छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)