गत असोज १९ गते वार्षिक साधारणसभा सम्पन्न गरी आर्थिक वर्ष २०६३/६४ देखि २०६७/६८ सम्मको संयुक्त साधारणसभा सम्पन्न गरेको कम्पनीले त्यसपछिको साधारणसभा भने गर्न बाँकी छ । कम्पनीले आर्थिक वर्ष २०६८/६९ को मुनाफाबाट १२० प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत हुन बाँकी छ । हालसम्म त्यसको प्रगतिबारे कम्पनीले कुनै सूचना जारी गरेको छैन । असार मसान्तभित्र कम्पनीले रू. १ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने थियो । हाल कम्पनीको चुक्ता पूँजी रू. २६ करोड ६६ लाख ३९ हजार छ । मंगलवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. ९ हजार ४०० कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्य रू. १४९ अंक बढेको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणको अन्तिम दिनमा फोर प्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले आगामी दिनमा शेयरमूल्य बढ्ने र घट्नेमा अन्योल रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४६ दशमलव ४३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४८ दशलमलव ८३ विन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको संकेत गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने र १४ दिने औसत मूल्यरेखासँगै हालको मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । मंगलवारको शेयरमूल्य रू. ९ हजार २५१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९ हजार ६७० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ९ हजार १२५ मा टेवा पाउने देखिन्छ ।