ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आईएमई लघुवित्त : कम्पनी विश्लेषण (बिहीवार, ९ साउन २०७६)

Jul 25, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

ग्लोबल आईएमई लघुवित्त कम्पनीले २०७५ साउन २१ देखि २०७६ असार ३१ गतेसम्म कायम सदस्यलाई शत प्रतिशत हकप्रद जारी गर्दै छ । कम्पनीले ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । कम्पनीले आफ्नै स्रोत व्यवस्थापनका लागि हकप्रदमार्फत पूँजीवृद्धि गर्न लागेको हो । हाल रू. ११ करोड ४ लाख ५७ हजार रहेको कम्पनीको चुक्ता पूँजी हकप्रद वितरण गरेपछि रू. २२ करोड ९ लाख १५ हजार पुग्नेछ । यस कम्पनीमा सर्वसाधारणतर्फ ३० र संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व छ । हालसम्म चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक नगरेको कम्पनीले गतवर्ष लगानीकर्तालाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । बुधवार कम्पनीको शेयरमूल्य अघिल्लो कारोबारभन्दा ५ अंक घटेर रू. ७१० कायम भएको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सानो पुच्छर भएको कालो मैनबत्ती आकृति बनेको छ । यसले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । ओभरसोल्ड जोन २१ दशमलव ०२ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ११ दशमलव ४४ विन्दुमा छ । उतारचढाव उच्च छ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुन सक्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. ७१० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार २०२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ६९५ मा टेवा पाउने देखिन्छ । कम्पनीको शतप्रतिशत हकप्रद प्रयोजनका लागि साउन १ गते मूल्य समायोजन भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)