बैंकले २० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट असार ३० गते अनुमति पाएको छ । बैंकले ६१ लाख २९ हजार ५२० दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ६ करोड छ । २० प्रतिशत हकप्रद शेयर निष्कासनपछि पूँजी रू. ३ अर्ब ६७ करोड पुग्नेछ । बैंकको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुन बाँकी छ । बैंकले चैत मसान्तसम्म रू. ६० करोड २० लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४० प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. ४२ करोड ७५ लाख नाफा कमाएको थियो । बुधवार बैंकको शेयरमूल्य अघिल्लो दिनको तुलनामा रू. २ ले बढेर रू. ३८२ कायम भएको छ । बैंकको ३ हजार २४७ कित्ता शेयर खरीदविक्री भएको छ । यस दिन बैंकको शेयरमूल्य अधिकतम रू. ३८३ र न्यूनतम रू. ३८० पुगेको छ ।
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६० दशमलव ११ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ८ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य २६ दिने औसत मूल्य र १४ दिने औसत मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. ३८० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३८६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३६१ मा टेवा पाउने देखिन्छ ।