ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनाइटेड इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (बिहीवार, ९ साउन २०७६)

Jul 25, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

पूँजीवृद्धिका लागि २४० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको कम्पनीले साउन १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । कम्पनीलाई धितोपत्र बोर्डले हकप्रद निष्कासनका लागि २०७६ असार ८ गते अनुमति दिएको छ । यससँगै कम्पनीले ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर जारी गने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ३० करोड २४ लाख छ । २४० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि पूँजी रू. १ अर्ब २ करोड पुग्नेछ । कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुन बाँकी छ । कम्पनीले चैत मसान्तसम्म रू. ७ करोड ५५ लाख नाफा कमाएको थियो । सो अवधिमा कम्पनीले रू. ३५ करोड ५५ लाख बीमा शुल्क आर्जन गरेको छ । बुधवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा रू. २३ ले घटेर भई रू. ८७३ पुगेको छ । कम्पनीको १०० पटकको कारोबारमा ४ हजार २८६ कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीको अधिकतम मूल्य रू. ९०६ पुगेको छ भने न्यूनतम रू. ८७० पुगेको छ । 

 

कम्पनीको ६४ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४७ दशमलव ७२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १४ दशमलव ९७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्य २६ दिने औसत रेखासँग जोडिएको छ भने १४ दिने मूल्यरेखाभन्दा तल छ । आइतवारकोे शेयरमूल्य रू. ८७३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८९६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ८५५ मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)