ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन बैंक : कम्पनी विश्लेषण (आइतवार, १२ साउन २०७६)

Jul 28, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

बैंकले ७ वर्षका लागि १० प्रतिशत ब्याजदरमा जारी गरेको ३० लाख कित्ता ऋणपत्रमा साउन ३१ गतेसम्म आवेदन दिन सकिन्छ । बैंकले सर्वसाधारणका लागि साउन २ गतेदेखि प्रतिकित्ता रू. १ हजारमा ऋणपत्र जारी गरेको हो । बैंकले छिटो अवधि साउन ६ गतेसम्म आवेदन माग गर्दा सो अवधिमा पूर्ण आवेदन नपरेपछि ढिलो अवधि साउन ३१ गतेसम्म ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले हालसम्म चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । बैंकले चैत मसान्तसम्म रू. २ अर्बभन्दा बढी नाफा कमाएको छ । गत आवको नाफाबाट बैंकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । बिहीवार बैंकको शेयरमूल्य स्थिर रही रू. ५६० कायम भएको छ । यस दिन बैंकको ४ हजार १०६ कित्ता शेयरको कारोबार भएको छ । 

कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले बैंकको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५३ दशमलव १८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ३३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा १४ दिने र २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ५६० देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ५६६ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ५३२ मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)