नेपाल राष्ट्र बैंकको लगानी रहेको यस लघुवित्तले असार १३ देखि ३ लाख २३ हजार ५२५ कित्ता संस्थापक शेयर लीलामी विक्री गर्दै छ । शेयर खरीदका लागि साउन १६ गतेसम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले धरौटीबापत प्रस्तावित कुल मूल्यको ५ देखि १० प्रतिशत रकम बालुवाटारको खातामा जम्मा गनुपर्नेछ । कम्पनीले शेयरको न्यूनतम मूल्य रू. २६१ तोेकेको छ । आवेदकले सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । हालसम्म कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । कम्पनीले चालू आवको ९ महीनामा रू. २४ करोड ४४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३५ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. १८ करोड ६ लाख नाफा कमाएको थियो । बिहीवार कम्पनीको शेयरमूल्य रू. ६६७ कायम भएको छ । अघिल्लो दिन बुधवारको तुलनामा शेयरमूल्य रू. ७ ले घटेको छ । यस दिन कम्पनीको ३ हजार ७८४ कित्ता शेयरको कारोबार भएको छ ।
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा सुटिङ स्टार मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रन जोन ५३ दशमलव ५४ विन्दुमा छ । यसले शेयर खरीद चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ७२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने मूल्यरेखासँग जोडिएको छ । बिहीवारको शेयरमूल्य रू. ६६७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६७३ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ६६१ मा टेवा पाउने देखिन्छ ।