कम्पनीले असार ३१ गतेदेखि महिला सहकारीको नाममा रहेको ३ लाख ७७ हजार ४५७ दशलमव ५ कित्ता शेयर लीलाम विक्री गर्दै छ । उक्त शेयर विद्यमान संस्थापक शेयरधनी तथा अन्य संघसंस्था र व्यक्तिले साउन २९ गतेसम्ममा खरीद गर्न सक्छन् । कम्पनीले शेयरको न्यूनतम मूल्य रू. ३०० तोकेको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । कम्पनीले चैत मसान्तसम्म ५७ ओटा जिल्लामा १२८ शाखा तथा उपशाखा कार्यालयबाट २ लाख ३३ हजार ३७२ घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ११ दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. २८ करोड ५५ लाख १० हजार खुद नाफा आर्जन गरेको छ । यो गतवर्षको तुलनामा २१ प्रतिशत बढी हो । गतवर्षको सोही अवधिमा कम्पनीले रू. २३ करोड ५९ लाख ५७ हजार खुद नाफा कमाएको थियो ।
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा इभिनिङ स्टार आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६० दशमलव ६३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १० दशमलव ८ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ९२० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९३२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ८७५ मा टेवा पाउने देखिन्छ ।