ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्नातक विशेष : उद्योग र सेवाक्षेत्रमा जनशक्तिको माग निरन्तर बढ्दो

Aug 8, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । संसारभरको आम अभ्यासजस्तै नेपाल पनि कृषि पेशाबाट क्रमशः उद्योग तथा सेवा क्षेत्रतर्फ अघि बढ्दै जाने देखिएको छ । अबको २५ वर्षमा नेपालमा कृषिक्षेत्रको जनशक्ति आधा घट्ने र उद्योग तथा सेवाक्षेत्रको जनशक्ति भने दोब्बर बढ्ने तथ्य बाहिर आएको छ । सरकारले नेपालको जनशक्ति प्रक्षेपण गर्न गठन गरेको ‘जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजना तर्जुमा कार्यदल’ले यो निष्कर्ष निकालेको हो ।

आधार वर्ष २०७४/७५ देखि २०९९/२१०० बीच जनशक्ति प्रक्षेपण गरिएको छ । यसले २०७४/७५ मा कृषि क्षेत्रमा अन्य क्षेत्रमा भन्दा बढी (६५ प्रतिशत) रहेको जनशक्ति २५ वर्षपछि ३२ प्रतिशतमा सीमित हुने निष्कर्ष निकालेको छ । 

त्यसैगरी २०७४/७५ मा १३ दशमलव ८१ प्रतिशत जनशक्ति रहेको उद्योगमा २५ वर्षपछि २४ दशमलव १६ प्रतिशत र २१ दशमलव ४० प्रतिशत जनशक्ति रहेको सेवाक्षेत्रमा ४३ दशमलव ६० प्रतिशत पुग्ने अनुमान गरिएको छ । 

न्यून शीप र क्षमता भएको जनशक्तिलाई शिक्षा तथा शीप विकाशबाट क्रमशः शीपयुक्त बनाउँदै लगेपछि जनशक्तिको संरचनामा पनि परिवर्तन हुने प्रतिवेदनमा उल्लेख छ । यो प्रक्षेपणमा दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्मका लागि सरकारले तयार पारेको नीति कार्यक्रम र दीर्घकालीन सोचसहितको १५औं पञ्चवर्षीय योजनाको आधारपत्रलाई प्रमुख आधार मानिएको कार्यदलले जानकारी दिएको छ । 

प्रक्षेपण सही हुन थुप्रै नीतिगत सुधार आवश्यक रहेको यस क्षेत्रका विज्ञ विशेषज्ञहरूले सुझाव दिएका छन् । उनीहरूले सेवा र उद्योग क्षेत्रमा जनशक्ति बढ्न नीतिगत सुधार आवश्यक रहको बताएका छन् ।

देशका कुन कुन क्षेत्रमा, कहिले कहिले, के कति जनशक्ति आवश्यक छ भन्ने आकलन गर्न सरकारले यो अध्ययन गराएको हो । यस आधारमा अब सरकारलाई कुन क्षेत्रमा लगानी बढाउने भन्ने विषयमा मार्गदर्शन मिलेको छ । यही आधार समातेर सरकार अगाडि बढ्यो भने देशबाट घट्दै र बढ्दै जाने अवसर क्षेत्र आकलन गर्न सकिन्छ । अहिले स्नातक शिक्षामा प्रवेश गर्ने विद्यार्थी नै अबको २५ वर्षभित्रको प्रमुख जनशक्ति हो । त्यसैले कुन विषय लिएर पढे देशभित्रै रोजगारीको अवसर पाइन्छ भन्ने सम्बन्धमा सचेत हुने हो कि ?
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)