ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कलेज प्रोफाइल : अन्तरराष्ट्रिय स्तरको जनशक्ति निर्माणका केन्द्रित डीएभी

Aug 8, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found

सन् २००३ मा बीबीए र बीबीएस जस्ता शैक्षिक कार्यक्रमसहित शुरू भएको डीएभी कलेज अन्तरराष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गर्न केन्द्रित छ । हाल यस कलेजले बीबीएम, बीएससी, बीसीए तथा एमबीएस जस्ता शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । 

ख्यातिप्राप्त व्यवसायी, दक्ष शिक्षक, अनुसन्धान, कार्यक्रम विकास सेल तथा पर्याप्त भौतिक पूर्वाधारसहित यस कलेजले २१औं शताब्दीको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गरिरहेको छ । यस कलेजले प्रदान गर्ने एक्सेल, एसपीएसएस, वक्तृत्व तथा बालविवाद, व्यक्तित्व विकास, अकाउन्टिङ, बैंकिङ तालीमका साथै व्यवसाय योजना कार्यशाला जस्ता कार्यक्रम यहाँका विद्यार्थीको करीअर निर्माणमा निकै सहयोगी हुने गरेका छन् । विभिन्न क्लबका माध्यमबाट समूहकार्य गराउने यस कलेजले विद्यार्थीकै नेतृत्वमा ‘इन्सेप्शन’ नामक बिजनेश म्यागाजिन पनि प्रकाशन गर्दै आएको छ । 

स्नातक तहमा साइन्सतर्फ माइक्रो बायोलोजी (बीएससी) र व्यवस्थापनतर्फ कम्प्युटर एप्लिकेशन (बीसीए) अध्ययन गरेका यहाँका विद्यार्थीलाई स्वदेशी तथा विदेशी जब मार्केटमा राम्रो अवसर मिल्ने गरेको छ । माइक्रो बायोलोजीको शिक्षणका क्रममा गराइने अनुसन्धान तथा सम्बन्धित क्षेत्रको एक्स्पोजरमा आधारित शिक्षणले यस कलेजले देशमा निकै खाँचो रहेको माइक्रो बायोलोजिस्ट उत्पादन गरिरहेको छ । 

त्यसैगरी बीसीएका विद्यार्थीले कम्प्युटर एप्लिकेशन पढ्ने मात्रै नभई उनीहरू एप डेभलपर, प्रोग्रामर, सफ्टवेयर डेभलपर तथा आईटी उद्यमी बन्न सकेका छन् । समग्रमा यस कलेजले सृजनशील, सामाजिक रूपमा उत्तरदायी तथा अनुसन्धानमुखी जनशक्ति निर्माण गरिरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)