ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कलेज प्रोफाइल : पार्टटाइम पढ्नेको रोजाइ साउथ वेस्टर्न बिजनेश कलेज

Aug 8, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found

बीबीए शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको साउथ वेस्टर्न बिजनेश कलेजले कामका कारण नभ्याउने विद्यार्थीका लागि पार्टटाइम पढ्ने समेत व्यवस्था गरेको छ । बिहानका कक्षा पढेर काममा जानुपर्ने विद्यार्थीले नभ्याउने कक्षा छोड्न पाउने सुविधा कलेजले दिएको हो । विद्यार्थीले यसरी छोडिने कक्षाका नोट तथा प्रिजेन्टेसनहरू साथी तथा कलेजबाट लिई शिक्षकले दिएका असाइन्मेन्टहरू शिक्षकसँग सम्पर्कमा बसी तयार गरी आफ्नो काम र पढाइ दुवैलाई सँगै अगाडि बढाउन सक्छन् । 

यो कलेज चक्रपथस्थित वसुन्धारा चौकीको सामुन्नेबाट करीब १०० मिटरको दूरीमा छ । बीबीएका विद्यार्थीले सातौं सेमेस्टरमा गर्नुपर्ने इन्टर्नशिपमा जाँदा नै जब अपोइन्टमेन्ट पाएका उदाहरण यस कलेजसँग छन् । रिफ्रेशमेन्टका लागि हाइकिङदेखि जब मार्केट बुझ्न कलेजले उद्योग, बैंक तथा वित्तीय क्षेत्रको भ्रमण गराउने गरेको छ । बैंक तथा वित्तीय संस्थाका साथै लामो समयदेखि शिक्षण पेशामा आबद्ध शिक्षकद्वारा पढ्ने अवसर यस कलेजमा छ । 

आर्थिक अभावका कारण पढ्न नपाउने बाध्यता आउन नदिन विद्यार्थीलाई बैंक ऋण उपलब्ध गराउने व्यवस्थाका लागि कलेजले प्रक्रिया थालेको छ । विद्यार्थीले आप्mना सक्कल शैक्षिक प्रमाणपत्र कलेजलाई बुझाएर भर्ना भएपछि पढाइ निरन्तर हुन्छ । यसका लागि कलेजप्रतिको विश्वासका आधारमा बैंकले विद्यार्थीका लागि आवश्यक पढाइ खर्च ऋणका रूपमा उपलब्ध गराउँछन् भने विद्यार्थीले विस्तारै किस्ता किस्तामा ऋण चुक्ता गर्दै जान सक्छन् । 

विषयसँग मिल्दो प्रिजेन्टेशन तथा क्रियाकलापमा सहभागी गराई कलेजले विद्यार्थीलाई जब मार्केटका लागि तयार गर्दछ । कलेज शहरभित्रै भए पनि शान्त वातावरणमा पढ्ने अवसर छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)