लगनखेलस्थित नेश्फिल्ड कलेजमा बीबीएस, बीए, बीएएसडब्ल्यू, बीएचएम, बीसीए, बीबीएम र एमबीएसका कार्यक्रम सञ्चालनमा छन् । सरसफाइ, रक्तदान, फुड फियस्ता, सोसल वर्क क्याम्पका साथै जनचेतनामूलक कार्यक्रममा सक्रिय गराई कलेजले विद्यार्थीमा सामाजिक, मानवीय गुणका साथै व्यवस्थापकीय कौशल पनि विकास गराउँछ । शैक्षिक गुणस्तर तथा विविध गतिविधिका कारण कलेजले विगत केही वर्षमा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायद्वारा गरिएको राष्ट्रव्यापी कलेज ग्रेडिङमा बीबीएस, एमबीएस, बीएचएम र बीएएसडब्ल्यूतर्फ उत्कृष्ट स्थान हासिल गरेको छ ।
विद्यार्थीको भविष्यको तयारीका लागि मानिससँग गर्नुपर्ने र गर्न नहुने व्यवहार सिकाउने, जब मार्केट बुझ्ने र त्यसमा अभ्यस्त हुने अवसरस्वरूप कलेजले शैक्षिक भ्रमण, उद्योग भ्रमण, गैरसरकारी संस्था भ्रमण, अनुसन्धान, व्यक्तित्व विकास जस्ता कार्यक्रम गर्दै आएको छ । कलेजले आफ्नो शैक्षिक गुणस्तर सुधारका लागि प्राध्यापकहरूलाई खोज, अनुसन्धान र बौद्धिक बहसमा लाग्न प्रेरित गर्दै ‘फ्याकल्टी रिसर्च ग्रान्ट’ उपलब्ध गराउँदै आएको छ । कलेजले ‘द बटुक’ नामक पीयर रिभ्यूड अनुसन्धानात्मक लेख प्रकाशन गर्ने गरेको छ ।
प्रयोगात्मक कक्षाका लागि यथेष्ट संख्यामा कम्प्युटरसहितको प्रयोगशाला, रेस्टुराँ, किचेन, बेकरी, स्मार्टबोर्ड, मल्टीमिडिया, स्कील ल्याब आदिको व्यवस्था छ । कलेजले देशभित्र तथा बाहिर एकवर्षे इन्टर्नशिप कार्यक्रम राखेको छ । मकाउ, दुबई, कतार, माल्दिभ्स, बहराइन, जर्मनी जस्ता देशका विभिन्न संस्थासँगको सहकार्यमा कलेजले विद्यार्थीलाई ती देशमा जब प्लेसमेन्ट पनि गर्ने गरेको छ । करीअरमा आवश्यक पर्ने शीपका लागि पर्याप्त आवधिक कोर्सहरू पनि कलेजमा सञ्चालित छन् ।