अनुसन्धानमूलक शिक्षणमा आधारित भई अगाडि बढिरहेको युनिग्लोब कलेजटमा बीबीए, बीबीए–बीआई तथा एमबीएका शैक्षिक कार्यक्रमहरू सञ्चालित छन् । वर्षका १६ ओटा रिसर्च जर्नल प्रकाशन गर्ने कलेजका विद्यार्थीद्वारा अनुसन्धान गरी तयार पारिएका अनुसन्धानात्मक लेखहरू आफ्नो साथै विभिन्न देशका विश्वविद्यालयका जर्नलहरूमा प्रकाशित छन् ।
विद्यार्थीकै नेतृत्व तथा व्यवस्थापनमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने यस कलेजका उत्पादनहरू पढ्दा पढ्दै नै जब मार्केटमा आवश्यक ज्ञान, शीप तथा दक्षता हासिल गर्न सक्षम हुन्छन् । यही कारण प्रस्तुतीकरण, विज्ञापन निर्माण, व्यवसायसम्बन्धी बहस, केस एनालिसिस जस्ता प्रतियोगितामा यहाँका विद्यार्थी उत्कृष्ट प्रस्तुति दिन र प्रथम हुन सफल भएका छन् ।
भविष्यमा बजारमा निस्किएर गर्नुपर्ने व्यवसाय सञ्चालन सिकाउन कलेजले विद्यार्थीका विभिन्न समूह बनाई बीउपूँजीका रूपमा प्रतिसमूह १०–१५ हजार ऋण उपलब्ध गराउँछ । विद्यार्थीले १ महीनाभित्र आममानिसका बीचमा व्यवसाय सञ्चालन गरी आएको पैसाबाट बीउपूँजी कलेजलाई फिर्ता गर्नुपर्छ । यसबाट प्राप्त नाफा उनीहरूकै हुन्छ भने घाटा भए विद्यार्थीले सामूहिक रूपमा बेहोर्नुपर्छ । त्यसैगरी इन्क्युबेशनका माध्यमबाट कलेजले विद्यार्थीलाई रेस्टुराँ, लन्ड्री हाउस, बिल्डिङ क्लिनिङ जस्ता व्यवसाय विकास गरी हस्तान्तरण समेत गरेको छ ।
कलेजले सञ्चालन गर्ने जब फेयर तथा प्लेसमेन्टका कारण ब्याचलर पढ्दै यहाँका धेरै विद्यार्थीले जब अपोइन्टमेन्ट पाइसक्छन् । यसकारण पछिल्ला वर्षहरूमा ब्याचलर सकेका विद्यार्थीहरू फुल टाइम काम गर्नतिर पनि आकर्षित भइरहेका छन् । त्यसैगरी यहाँका पूर्वविद्यार्थीको सञ्जालले नयाँ विद्यार्थीलाई राम्रा रोजगारीमा तान्ने क्रम पनि बढ्दो छ ।
करीब १ तिहाइ फुल टाइम फ्याकल्टिज (शिक्षक) रहेको यस कलेजमा पढ्ने विद्यार्थीका लागि शिक्षकसँगको अन्तरक्रियामा सिक्ने राम्रो अवसर छ । बाहिरी देशको शिक्षण अनुभव उपलब्ध गराउने उद्देश्यले कलेजले भारत, थाइल्यान्ड, मलेशिया जस्ता देशका शिक्षकहरूबाट कोर्स पढाउने पनि गर्दै आएको छ । त्यसैगरी एक्स्पोजरका लागि तिनै देशहरूमा आयोजना हुने अन्तरराष्ट्रिय सम्मेलनहरूमा समेत कलेजले शिक्षक तथा विद्यार्थी सहभागिता गराउने गर्दछ । समग्रमा पढाइकै क्रममा अनुभवी बिजनेश पर्सन तथा योग्य व्यवसायी भएर निस्कने अवस्था यस कलेजले निर्माण गर्दछ ।