मानव संसाधनको देखिने र नदेखिने दुवै खालका विकासमा सरकार तथा निजीक्षेत्रले धेरै काम गरेका छन् । यो मानव विकास प्रतिवेदनमा नेपालले गरेको प्रगतिका आधारमा पनि देख्न सकिन्छ । तर यो प्रगतिसँगै हामी कुन दिशामा जाने हो भन्ने दिशानिर्देशको भने अभाव छ । हिजोदेखि आजसम्मका सरकारले गर्न खोज्दा खोज्दै पनि सम्बन्धित निकायमा योग्य जनशक्ति नहुनाले कार्यान्वयन फितलो भएको छ ।
सरकारले हालै मानव संसाधन प्रक्षेपण प्रतिवेदन पनि सार्वजनिक गरेको छ । यसले अबको जनशक्ति कृषिबाट उद्योग हुँदै सेवा क्षेत्रतर्फ जाने प्रक्षेपण गरेको छ । साथै अबको ५ वर्र्षमा कुन क्षेत्रमा कति जनशक्ति चाहिन्छ र त्यसका लागि के के गरे जनशक्ति उत्पादन हुन सक्छ भन्ने कुरा पनि निक्र्योल हुनु आवश्यक छ ।
हामीकहाँ ठूलो उद्योग भनेको पर्यटन उद्योग हो । अबको पर्यटनमा होटलमा भन्दा धेरै संख्यामा व्यक्तिका घरघरमा बेडहरू उपलब्ध गराउने एयर बीएन्डबी जस्ता सेवा विस्तार भइरहेका छन् । व्यक्ति घरमा बस्ने र खान मात्रै बाहिर जाने अवस्थाले होटलका ठाउँमा रेस्टुराँ व्यवसायले बढी अवसर पाउने सम्भावना छ । साथै त्यसमा आवश्यक जनशक्ति विकास पनि गर्नुपर्ने भएको छ । भोलिका दिनमा रेस्टुराँ पनि नचलेर भारतको ‘जोमाटो’ जस्ता खाना आपूर्ति गर्ने कम्पनीहरू चल्न सक्छन् । यसरी समय सँगसँगै बदलिँदै गएको व्यवसायको ट्रेन्ड र त्यसका लागि आवश्यक जनशक्ति उत्पादन महत्त्वपूर्ण कुरा हो ।
अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)मा पनि यसपालिदेखि भविष्यको काम कस्तो हुनेछ, कुन शैलीमा जाँदै छ भन्ने कुरालाई केलाउन थालिएको छ । कामको परिभाषा नै रोजगारदाता र रोजगारबाट बदलिएर स्वरोजगार एवं सूक्ष्म उद्यमहरूमा जाँदै गरेको विषयलाई यो वर्षबाट आईएलओले पनि समर्थन ग¥यो । यसरी समग्र विश्व नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा जान लागेको हुँदा प्रविधिको सम्बन्धमा अबको १–२ वर्षमै रोजगारी बजारमा धेरै परिवर्तन आउनेछ । यसका लागि सरकारको तयारी भने रहनु पर्छ । जे जस्ता, नीति, योजना, लक्ष्य लिए पनि अन्ततः उचित काम र उचित आय दिलाउन सक्नुपर्छ ।
संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यले पनि त्यही भन्छ । यसका लागि राज्यले हरेक वर्ष के कस्ता प्रविधि आइरहेका छन्, त्यससँग एकाकार हुनेगरी योजना तथा कार्यक्रम अघि बढाउनुपर्छ । मेरो देश विकासको गतिमा पछाडि छ, म पनि अरू देश जस्तै विस्तार विस्तार विकासका खुड्किला पार गर्दै जान्छु भनेर हुँदैन, प्रविधिसँगै फड्को मार्नैपर्छ । त्यो गति समात्ने जनशक्ति सरकारी निकायमा कत्तिको हुन्छ, त्यसले नै देशलाई गति दिने हो ।
अहिले सरकारले ल्याएको प्यान कार्डविना तलब भुक्तानी गर्न नपाउने व्यवस्थाले निजीक्षेत्र झस्किएको छ । संस्था चलाउने भए तरीका मिलाएर चलाउनु पर्यो, होइन भने बन्दै गर्नेगरी कतैबाट पनि उम्किन नसक्ने चक्रव्युह बनिसकेको छ । यही नभएकाले कर्मचारीले समयमा तलब नपाउने, पाए पनि कम पाउने, दिनुपर्ने सुविधा नदिएको, भविष्यको सुरक्षाको कुनै सुनिश्चितता नभएको जस्ता धेरै छिद्रहरू थिए । यही कारण नै युवा विदेशिनु परेको अवस्थामा यो समग्र संयन्त्र बन्नु एकदमै सकारात्मक हो । यसले व्यक्ति र व्यवसाय दुवैलाई सुरक्षित र अनुशासित गर्नेछ । अब उद्योग, व्यवसाय, व्यापार गर्ने व्यक्तिहरूले अनुशासनमा रहेर काम गर्ने हो भने प्रतिभाशाली जनशक्ति पाउने र उनीहरूलाई टिकाउन सक्ने अवस्था बनेको छ ।
साथै यो संयन्त्रले विदेशिएका प्रतिभाहरूलाई फर्काउनेसम्मको क्षमता राख्दछ । यसले विद्यमान केही व्यवसायहरूलाई सीमित गर्नेसम्मको अवस्था पनि ल्याउँछ । बाँकी मान्छे उच्च उत्पादकत्व हुने क्षेत्रमा सक्रिय हुन्छन् ।
जति उच्च उत्पादकत्व भएका काममा सहभागी भयो, त्यति राम्रो आय हुन्छ भन्ने शिक्षा पनि नेपालीलाई चाहिएको छ । त्यस्तै संघसंस्थाहरूले पनि जनशक्ति व्यवस्थापन गरे मात्रै फाइदा हुन्छ भन्ने थाहा पाउन जरुरी छ । यो महŒव बुझेका बहुराष्ट्रिय कम्पनीहरूले मानव संसाधनका सम्बन्धमा संवेदनशील भएर काम गरेका छन् । त्यसैले यस्ता कम्पनीमा काम गर्नेहरू दिगो रूपमा रहेका हुन्छन् । तर यस्ता कम्पनीहरू हातका औंलामा गन्न सकिने मात्रै छन् ।
सामान्यतया तलब, भत्ता जस्ता कुरामा गरेको खर्च नै कर्मचारीका लागि गर्ने लगानी हो भन्ने बुझाइ छ । तर कर्मचारीको वृत्ति विकासका लागि तालीम दिने, शारीरिक, बौद्धिक क्षमता वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने, उसबाट राम्रो नतीजा निकाल्न सिकाउँदै जाने गर्नु आवश्यक छ । यस्तो गर्ने केही संस्थाहरू पनि छन्, जसले यहाँ मात्रै नभई विदेशमा पठाएर वा विदेशीलाई यहाँ ल्याएर सिकाउने समेत गरेका छन् । तर यस्ता थोरै नै छन् । यसमध्ये बैंकिङ क्षेत्रमा त नाफाको ३ प्रतिशत अनिवार्य रूपमा मानव संसाधन विकासमा खर्च गर्नैपर्ने बाध्यकारी व्यवस्था छ । त्यो बाध्यताले पनि बैंकिङ क्षेत्रमा अभ्यास भइरहेको छ । यस्तै अभ्यास अन्य क्षेत्रमा पनि बाध्यात्मक बनाउन नियामक निकायहरूको भूमिका आवश्यक देखिन्छ । जनशक्ति जोगाउने, वृत्ति विकास गराउने, नतीजा निकाल्ने गरी काम गराउने र काम गरेअनुसार पुरस्कृत पनि गर्ने परिपाटी जुन संस्थामा हुन्छ, त्यहाँ कर्मचारी टिकिरहन्छन् ।
शुरू गरेको पहिलो दिनबाटै मानव संसाधन व्यवस्थापन गर्नुपर्छ । यसका लागि हरेक क्रियाकलापमा ध्यान पुर्याउनुपर्छ । मानव संसाधन भनेको कम्पनीको सम्पत्ति हो भनेर उनीहरूका लागि लगानी गर्ने निजीक्षेत्रका संस्थाहरू पनि छन् । नेपाल र बाहिर विभिन्न समयमा भएका सर्वेक्षणहरूले कर्मचारी टिकाउने पहिलो आधार संस्थाको पद्धति, काम गर्ने तौरतरीका हो । कर्मचारीले संस्थाको पद्धति आप्mना लागि उपयुक्त छ/छैन, सुरक्षित महसूस हुन्छ÷हुँदैन, त्यहाँ रहँदा खुशी मिल्छ÷मिल्दैन भन्ने कुराका आधारमा त्यहाँ बसिरहने कि छाड्ने निर्णय गर्छन् ।
कर्मचारी टिक्ने दोस्रो आधार करीअर विकासको सम्भावना हो । कुनै संस्थामा काम गर्दा कुन तहसम्म पुग्न सक्छु वा यो संस्थाले मलाई कहाँसम्म पु¥याउन सक्छ भन्ने सबैले हेर्न थालेका छन् । करीअर फोकस मान्छेले कुनै पनि संस्थामा काम गरिरहनुले आफ्नो प्राविधिक र बौद्धिक पक्षमा के कस्ता विकास हुन्छन् भन्ने कुरा हेर्छन् । अध्ययनले कुनै पनि संस्थामा कर्मचारी टिक्ने र नटिक्नेमा तेस्रो नम्बरमा संस्थाले दिने सुविधा, वर्तमान र भविष्यको संरक्षण दिएको छ भन्ने आउने र त्यसपछि मात्रै तलब आउने देखाएको छ ।
योग्य मानव संसाधनको गुणस्तरमा विश्वविद्यालय शिक्षाको ठूलो भूमिका हुन्छ । जब मार्केटको संख्यात्मक र गुणात्मक आवश्यकता हेरी विकास गरिएका शैक्षिक कार्यक्रमले मात्रै रोजगारीको सुनिश्चिततासँगै योग्य मानव संसाधन उत्पादन विकास गर्न सक्छ । तर हामीकहाँ युनिभर्सिटी ग्य्राजुएट्स र जब मार्केट बीच सन्तुलन नै छैन । करियरमा प्रवेश गर्ने सीभी, निवेदन, सिग्नेचरदेखि उद्यमी कसरी बन्ने साथै कोसँग कसरी व्यवहार गर्ने भन्ने अटिट्युड केही पनि सिकाइएको हुँदैन । यसले गर्दा अन्तरवार्ता र त्यसपछिका बाटाले उसलाई निराश बनाउँछन् ।
अर्कोतर्फ हातमा गन्न मिल्ने केही संस्थाबाहेक अरूलाई आपूmलाई कस्तो मान्छे चाहिएको हो भन्ने पनि थाहा हुँदैन । न संस्थाको संस्कृति हुन्छ, न वृत्ति विकासका अवसर हुन्छन्, न तलब भने जस्तो र समयमा हुन्छ । यही सबै कुराको भद्रगोल स्थितिले विदेशिन बाध्य गराएको छ । जुन संस्थाहरू आपूmलाई चाहिएको जनशक्ति र उक्त जनशक्तिका लागि संस्थाले गर्नुपर्ने योगदानका बारेमा स्पष्ट छन् उनीहरूले प्रतिभाशाली व्यक्तिहरू पाउँछन् पनि र टिक्छन् पनि ।
नेपालमा वृत्ति विकासका लागि कुनै संस्थामा गएर तालीम लिने, आप्mनो बौद्धिक क्षमता विकास गर्ने भन्ने संस्कार नै छैन । जुन व्यक्तिमा आफूले सिक्नुपर्छ भन्ने छ, उसले खोज्दै, सिक्दै अगाडि बढ्छ ।
विदेशी रोजगारीमा वर्षेनि लाखौं गइरहँदा विदेशमा भन्दा बढी यहीँ कमाउन सकिने शीपमूलक काम भारतीय कामदारले गरिरहेको पाउँछौं । उनीहरू आफ्नो हातमा एक न एक शीप लिएर शहरका चोक चोकमा एकाबिहानै कामको खोजीमा जम्मा हुन्छन् । यसबाट उनीहरूमा रहेको काम गर्ने संस्कार र बाँच्ने कला रहेको देखिन्छ । तर हाम्रा गाउँतिर जाने हो भने युवाहरू घरमा मोटरसाइकल किन्न लगाउने अनि तास, क्यारेमबोर्ड खेलेर दिन बिताउने गरिरहेका छन् ।
यसैलाई सम्बोधन गर्न युवाहरू भेटिने अड्डाहरूमा घुम्ती रोजगारी पसल भनेर हामी खोलिरहेका छौं, जसमा युवाहरूलाई रोजगारीका लागि आवश्यक शीप सम्बन्धी निःशुल्क कक्षा लिने काम भइरहेको छ । यसबाट बजारमा कहाँ कहाँ जनशक्ति आवश्यक छ, त्यस्ता संस्थामा पु¥याइदिने काम गर्छौं । विदेशमा रहेका कतिपय नेपालीहरू कामको सुनिश्चितता भए फर्केर आउन चाहिरहेका छन् । उनीहरूलाई उपयुक्त रोजगारदातासँग जोडिदिनाले अहिले आफ्नै देशमा फर्किएर घर परिवारका साथमा रही विभिन्न पेशा व्यवसायमा आम्दानी र प्रगति दुवै गरिरहेका छन् । यसले विदेशबाट फर्किएर फेरि विदेशै जानुपर्ने बाध्यता अन्त्य गरेको छ भने कतिपय जानबाटै रोकिएका पनि छन् ।
पछिल्लो समयमा विदेश त जानैपर्छ भन्ने मानसिकता विकास भएका कारण विदेशिनेको संख्या धेरै भएको छ । यसमा रोजगारदाता संस्थाहरूको मानव संसाधन विकास तथा व्यवस्थापनमा रहेका कमी कमजोरी प्रमुख कारण हुन् । सरकारले कतिपय संस्थामा लागू गरेको बाध्यकारी रूपमा मानव संसाधनको वृत्ति विकासमा गर्नुपर्ने लगानीसम्बन्धी व्यवस्थाले केही सुधार ल्याउने अपेक्षा छ ।
कुनै पनि संस्था सञ्चालनका लागि मानव संसाधन सबैभन्दा महŒवपूर्ण पक्ष हो । संस्थाहरूले कर्मचारीलाई उनीहरूको प्रतिभा ग्रहण गरेर, बुझाइ, सिकाइ दक्षता अभिवृद्धि गराएर टिकाउन सक्नुपर्छ । यसो गर्दा व्यक्तिको वृत्ति विकास हुन्छ भने उसले राम्रो काम गर्दा संस्थालाई पनि फाइदा हुन्छ । यो कुरा सरकारी, गैरसरकारी, निजी, सबै संस्थाहरूले राम्रोसँग बुझ्नु र मनन गर्नु जरुरी छ । मानव संसाधन विकासको रणनीतिक तहमा नै एक, पाँच, दश वर्षका योजना विकास गरेर अगाडि बढ्नुपर्छ । यसले गर्दा कुनै पनि संस्थाले आफूलाई यति संख्यामा भन्दा पनि यो शीप र दक्षता भएको जनशक्ति चाहिएको भन्ने निक्र्योल गर्न सक्छन् । जनशक्ति नियुक्त गरिसकेपछि उनीहरूको वृत्ति विकास गर्न तथा उनीहरूलाई अवार्ड, रिकग्निशन जस्ता संस्कार बनाउँदै लैजानुपर्छ ।
हाम्रो पुस्ताले माटो, खेतबारी देखेर हुर्कियो भने अहिलेको पुस्ता ट्याब, टीभी देखेर हुर्किंदै छ । यसले नयाँ पुस्तामा हाम्रो पुस्ताको भन्दा फरक सोच्ने, विश्लेषण गर्ने क्षमताको विकास भइरहेको छ । प्रविधि र मानवसँगको अन्तरक्रियाले कुनै पनि क्षेत्रमा आलोचनात्मक विचार र तर्कसंगत विश्लेषण गर्न सक्ने नयाँ किसिमको शीपको आवश्यकता सृजना गरेको छ । त्यसैले भविष्यमुखी भएर योजना र प्रविधि अवलम्बन गर्नु आवश्यक छ । देखेर पहिचान गर्ने र केही तहसम्म विश्लेषण गर्ने काम प्रविधिले नै गरिदिने अवस्था बन्दै गएको छ । त्यसपछिको तर्कसंगत विश्लेषण गर्ने काम मात्रै मानिसको हातमा आउँदै छ । त्यसैले संस्थाहरूले गुणस्तरीय कामका लागि प्रविधिको आत्मसात् गर्ने र व्यक्तिहरूले प्रविधिले गरेर बाँकी रहेको काम गर्न सक्ने दक्षता आफूमा विकास गर्नुपर्छ ।
यस्तो प्रविधि त विकसित देशतिर आउँछ । अहिल्यै नेपाल जस्तो देशमा कहाँ आउँछ र भनेर हुँदैन । हालसालै नेपालमै आर्टिफिसियल इन्टेलिजेन्सको सम्मेलन सम्पन्न भइसकेको छ । त्यसैगरी विकासको अवस्था हेरेर उच्च प्रविधि अहिल्यै नेपालमा आउने बेला भएको छैन भन्ने केही मानिस पनि छन् । तर बेला नभए पनि आउँछ, रोक्न सकिँदैन । अबको प्रतिस्पर्धा ब्रान्डिङ, उत्पादन गुणस्तर मात्रै नभई नवप्रवर्तनमा हो । नवप्रवर्तनका सोचहरू प्रस्फुटन भएर विभिन्न माध्यमबाट अगाडि बढिसकेका छन् । यसमा संस्थाहरू एवं शैक्षिक प्रणाली अन्तरघुलन भएर सँगसँगै लम्किनुपर्ने भइसकेको छ । शिक्षातर्फ हेर्दा विद्यालय तहका बच्चाहरूमा गायत्री मन्त्र पनि भन्ने, योगासन पनि गर्ने, प्रविधि प्रयोग पनि गर्ने जस्ता शिक्षा एकैपटक प्रवाह भइरहेका छन् । तर विश्वविद्यालयमा यो प्रणाली विकास हुन सकेका कारण विद्यालयको त्यो जनशक्ति पनि विश्वविद्यालय तहमा पुगेर अड्किने अवस्था छ । विश्वविद्यालय तहमा पढाइ छाड्ने एउटा कारण विश्वविद्यालयको शैलीले आप्mनो भविष्य नबन्ने देख्नु नै हो । यसरी बाहिरिएका मानिसहरू आफ्नै प्रयासमा विभिन्न तालीमका माध्यमबाट सफल पनि भइरहेका छन् । यो सन्दर्भलाई बुझेर शिक्षा क्षेत्रभित्र तालीमहरू समावेश गरेर लैजानु आवश्यक छ । अनि बल्ल संस्था, व्यक्ति सबै गतिशील हुन्छन् । त्यसमा लागि सबैभन्दा ठूलो भूमिका निजी, गैरसरकारी, सरकारी जुनसुकै पनि संस्थाको प्रमुखको सोचको हुन्छ । नेतृत्वमा सोच नभएसम्म शैक्षिक संस्थाले उत्पादन गर्ने होस् वा संघसंस्थाले रोजगारी दिने कुनै पनि जनशक्तिको विकास सम्भव छैन ।
लेखक मेरो जब डटकमका प्रबन्ध निर्देशक हुन्