ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आशा लघुवित्त : कम्पनी विश्लेषण (आइतवार, ५ असोज २०७६)

Sep 22, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले गत आवसम्मको नाफाबाट शेयरधनीलाई १२ प्रतिशतका दरले नगद लाभांश र त्यसका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । हालसम्म कम्पनीले साधारणसभाको मिति भो तय गरेको छैन । राष्ट्रिय स्तरको यस लघुवित्तले ४५ ओटा शाखा कार्यालयमार्फत सातओटै प्रदेशमा लघुवित्त सेवा दिँदै आएको छ । कम्पनीले २८ जिल्लाभित्र ४५ हजार भन्दा बढी विपन्न परिवारलाई जीवनस्तर उकास्ने तालीमहरू दिँदै आएको छ । कम्पनीले गतवर्षको माघ महीनामा आईपीओ निष्कासन गरेको हो । कम्पनीले आईपीओको आह्वानपत्रमा गत आवसम्म चुक्तापूँजी रू. २० करोड ७४ लाख पु¥याउने प्रक्षेपित गरेको थियो । हालसम्म कम्पनीको पूँजी रू. २० करोड ७४ लाख कायम भएको छ । कम्पनीले गरेको प्रक्षेपण अनुसार खुद ब्याज आम्दानी पुगेको देखिँदैन । बिहीवार कम्पनीको शेयरमूल्य रू. ४३३ कायम भएको छ ।

कम्पनीको ६७ दिनको कारोबार अवधिको अन्तिम दिन सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने सम्भावना गर्दछ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ३५ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७ दशमलव ३३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजीकिएका छन् । हालको मूल्य रेखा यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ४३३ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ४५६ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ४१६ मा टेवा पाउने देखिन्छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)