हालसम्म कम्पनीले ३९ जिल्लामा १४१ ओटा शाखा कार्यालय मार्फत २ लाख ४६ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा दिँदै आएको छ । कम्पनीले अघिल्लो आवको नाफा रू. २६ करोड ९७ बाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आवको नाफाबाट भने हालसम्म लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले २०७३ साल माघमा सार्वजनिक निष्कासन गरेको थियो । निष्कासन भएको आह्वान पत्रमा २०७५/७६ सम्म चुक्तापूँजी रू. ३६ करोड ४० लाख पु¥याउने प्रक्षेपित गरेको थियो । हाल कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ३३३ दशमलव शून्य ३ खुद ब्याज आम्दानी रू. ७५ करोड २० लाख, सञ्चालन नाफा रू. ४८ करोड ६८ लाख र नाफा रू. ३१ करोड ४ लाख कमाएको छ । कम्पनीले गरेको प्रक्षेपण भन्दा पनि माथि ग्रोथ गरेको छ । बिहीवार कम्पनीको शेयर प्रतिकित्ता रू. १ हजार ३०२ कायम भएको छ ।
कम्पनीको ६६ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने बढ्ने कुनै संकेत देखाउँदैन । आरएसआई न्युट्रल जोन ४८ दशमलव ३३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २० दशमलव ८७ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग नजीकिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाको बीचमा छ । १४ दिने रेखाले हालको मूल्यलाई काटेर थोरै तल गएको छ । बिहीवारको शेयरमूल्य रू. १ हजार ३०२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ३२० मा प्रतिरोध पाउने र सस्तिएमा रू. १ हजार २४८ मा टेवा पाउने देखिन्छ ।