प्रभु इन्स्योरेन्सले साउन १७ गते अघिल्लो आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ । यस वर्ष कम्पनीले लगानीकर्तालाई लाभांश भने दिएको छैन । बीमा समितिले तोकेबमोजिमको चुक्तापूँजी पु¥याइसकेको छ । एनएफआरएस मोडलमा वित्तीय विवरण तयार गर्दा विभिन्न किसिमका वित्तीय समायोजन गर्नुपरेकाले कम्पनीको सञ्चित मुनाफा न्यून हुन गई लाभांश वितरण गर्न नककेको कम्पनीको भनाइ छ । गतवर्ष १९ दशमलव २० प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद वितरण गरी पूँजीवृद्धि गरेको थियो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० लाख ७६ हजार छ । गत आवसम्म कम्पनीको जगेडा कोष रकम रू. २८ करोड ४५ लाख ९७ हजार छ । सो अवधिसम्म नाफा रू. २६ करोड ६२ लाख १३ हजार गरेको छ । बिहीवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. ३०५ कायम भएको छ । यस दिन १५ अंक मूल्य घटेको हो ।
कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिन टुप्पी भएको कालो मैनबत्ती आकृति बनेको छ । यस्तोे आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ३७ दशमलव १४ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ९ दशमलव ३५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा टाडिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ३०५ देखि बजार अवस्था परिवर्तन भई महँगिएमा रू. ३२० मा प्रतिरोध पाउने र सस्तिएमा रू. २९२ मा टेवा पाउने देखिन्छ ।