ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय बीमा कम्पनी : कम्पनी विश्लेषण (आइतवार, ५ असोज २०७६)

Sep 22, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

अहिलेसम्म तोके बमोजिम पूँजी पु¥याउन नसकेको यस कम्पनीको १२० प्रतिशत बोनस शेयरको योजना अभैmसम्म अन्योलमा रहेको छ । यस कम्पनीलाई आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक लेखा परीक्षण सम्पन्न भएपछि वास्तविक अवस्था हेरेर मात्र लाभांश वितरणका लागि बीमा समितिले निर्देशन दिएको कम्पनीका सचिव कृष्णमणि आचार्यले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म कम्पनीले आव २०७२/७३ सम्मको वार्षिक लेखा परीक्षणको काम सम्पन्न भएको छ । बीमा समितिमा आव २०६८/६९ को वार्षिक प्रतिवेदन स्वीकृतिका लागि पेश गरेकामा हालसम्म स्वीकृति नपाएको सचिव आचार्यले जानकारी दिएका छन् । गत आवको चौथो त्रैमासमा कम्पनीले रू. ७८ करोड १३ लाख १० हजार खुद नाफा गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी कम्पनीको रू. २६६ दशमलव ६५ छ । बिहीवार कम्पनीको अन्तिम शेयरमूल्य रू. ८ हजार ८५० कायम भएको छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणको अन्तिम दिन कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले आगामी दिनमा शेयरमूल्य घट्ने संकेत गर्दछ । आरएसआई न्युट्रल जोन ४७ दशमलव शून्य ९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १६१ दशमलव ७१ विन्दुमा छ । यसले उतारचढाव उच्च रहेको संकेत गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने र १४ दिने औसत मूल्यरेखासँगै हालको मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा २६ दिनेभन्दा तल र १४ दिनेभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ८ हजार ८५० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९ हजार २० मा प्रतिरोध पाउने र सस्तिएमा रू. ८ हजार ६०० मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)