ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आरएमडीसी लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (आइतवार, ५ असोज २०७६)

Sep 22, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले गत आवको असार मसान्तसम्ममा रू. ३३ करोड २४ लाख खुद नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीले रू. २५ करोड ७५ लाख खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १९ प्रतिशत र सञ्चालन नाफा २० प्रतिशत बढेपछि नाफा बढेको हो । खुद ब्याज आम्दानी बढेर रू. ४८ करोड ३१ लाख पुगेको छ भने सञ्चालन मुनाफा बढेर रू. ४८ करोड ५६ लाख पुगेको छ । कम्पनीले गत आवमा ब्याज मार्फत रू. ८१ करोड ८२ लाख आम्दानी गरेको थियो भने गत आवमा रू. १ अर्ब ३ करोड आम्दानी गरेको छ । कम्पनीको चुक्तापूँजी रू. ७९ करोड ९३ लाख ९८ हजार रहेको छ । कम्पनीले जगेडा कोषमा रू. १ अर्ब ६१ करोड ५४ लाख ५३ हजार छुट्ट्याएको छ । असार मसान्तसम्म  कम्पनीको प्रतिशेयर आम्दानी रू. ४१ दशमलव ५९, मूल्य आम्दानी अनुपात १५ दशमलव ८९ र प्रतिशेयर नेटवर्थ रू. ३०२ दशमलव शून्य ८ छ भने तरलता अनुपात ७ दशमलव ५६ छ ।

कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिन लामो शरीरमा टुप्पी भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गदर्छ । आरएसआई न्युट्रल जोन ४२ दशमलव ११ विन्दुमा छ । यसले शेयर खरीद चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ८ दशमलव ६३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजीकिएका छन् । हालको मूल्य १४ दिने रेखाभन्दा मुनि छ । बिहीवारको शेयरमूल्य रू. ६२८ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ६५५ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ६१६ मा टेवा पाउने देखिन्छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)