ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चाडपर्वमा साइबर सुरक्षामा सजग बन्दै बैंकहरू

Sep 27, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

पछिल्लो समय साइबर अपराधको घटना बढ्दै गएकाले चाडपर्वको समयमा यस्ता अपराध हुन नदिन बैंक तथा वित्तीय संस्थाले थप सतर्कता अपनाउने भएका छन् । यसै क्रममा जिल्ला प्रशासन कार्यालय (सीडीओ) काठमाडौंले बुधवार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), नायब सीईओ र सुरक्षा प्रतिनिधि लगायतलाई दशैं र यसपछिका पर्वमा साइबर सुरक्षामा थप सतर्क हुन आग्रह गरेको छ । 

सीडीओ कार्यालयले नजिकिँदै गरेको दशैंमा थप सुरक्षा व्यवस्था अपनाउन बैंकहरूलाई सुझाव दिएको छ । कार्यक्रममा सहभागी माछापुच्छ«े बैंकका नायब सीईओ सन्तोष कोइरालाले बैंकले सूचना तथा प्रविधि, एटीएम, कार्ड सबैको जाँच बेला बेलामा गरिरहन सुझाव दिएको बताए । ‘जुनसुकै शंकास्पद कारोबार भएको वा हुन लागेको भान भएमा सुरक्षा संयोजकमार्फत तुरुन्तै प्रहरीलाई खबर गर्न भनिएको छ । हामी पनि थप सतर्कता अपनाउनेछौं,’ उनले भने । 

गत भदौ १४ गते चिनियाँ ह्याकरले नेपालको एटीएम बुथ र असोज ५ गते कृषि विकास बैंकका कर्मचारीको ‘पासवर्ड’ ह्याक गरी करोडौं रुपैयाँ झिकेका थिए । यस्ता घटनाबाट बैंक तथा वित्तीय संस्थाले पाठ सिकेर यसलाई अब दोहोरिन नदिन साइबर सुरक्षामा कडाई गर्नुपर्ने पूर्वबैंकर अनलराज भट्टराई सुझाव दिन्छन् । बैंकमा पैसा बचत र सुरक्षित हुने आम सर्वसाधारणको विश्वासलाई यस्ता आपराधिक घटनाले धुमिल्याउनु हुँदैन । आम सर्वसाधारणको विश्वासलाई कायम राख्न बैंकले बलिया र सुरक्षित सुचना तथा प्रविधिमा लगानी गर्नुपर्ने देखिन्छ । यसबारे नेपाल राष्ट्र बैंकले समेत पटक पटक भन्दै आएको छ ।

यसैगरी, आप्mनै स्विच सञ्जाल भएको एनएमबी बैंकले दशैंमा थप नियमन गर्ने सीईओ सुनील केसीले बताए । ‘एटीएममा कति नगद प्रवाह भएको छ भनेर अनुगमन गरिरहन्छौं । यस्तो कार्य हरेक चाडपर्वमा भइरहन्छ,’ उनले भने । यस्तै, यसअघि ह्याकको सिकार भइसकेको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)ले आप्mना सञ्जालमा रहेका ११ ओटा वाणिज्य बैंक र सातओटा विकास बैंकको प्रणालीमा निगरानी कडाइ गरेको बताएको छ । साथै ह्याकरिङको घटनापछि होटल, शपिङ सेन्टर, मल लगायतमा पोस (पोइन्ट अफ सेल्स) मेशिन केही समय बन्द गरिएको थियो । तर दशैंमा सेवाग्राहीलाई अप्ठ्यारो नहोस् भनेर सुरक्षित प्रविधि राखेर सञ्चालनमा ल्याइएको नेप्सका सीईओ प्रवीण क्षेत्रीले बताए । 

विशेषगरी दशैं, तिहार, छठ लगायत चाडपर्वमा कार्यालयहरू बिदा हुने गर्छन । यस्तो अवस्थामा एटीएममार्फत प्रयोग गर्ने डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड लगायत उपकरणका साथै, बैंकको आन्तरिक व्यवस्था समेतको सुरक्षामा कडाइ गर्न बैंकहरूले थप व्यवस्था गरेका छन् । बैंक मात्र होइन, हरेक ग्राहक पनि सचेत हुन जरुरी छ । एटीएम बुथबाट कार्ड स्वाइप गर्नुअघि तथा पछि आप्mनो पिन कोड नम्बर, स्लिप र कार्ड सुरक्षित राख्नुपर्छ । सजिलो वा अरूले अन्दाज गर्न नमिल्ने खालका पासवर्ड राख्नुपर्छ । 

आकस्मिक बैंकिङ कारोबारको सुविधा
केही बैंकले चाडपर्वमा समेत आकस्मिक बैंकिङ कारोबारको सुविधा दिएका छन् । नजिँकिदै गरेको दशैंको बिदा बैंक तथा वित्तीय संस्थामा सरकारी क्यालेन्डर अनुसार पूmलपाती (असोज १८ गते) देखि एकादशी (असोज २२ गते) सम्म छ । यसबीचमा अधिकांश बैंकको सबै कार्यालय बन्द नहुने बताएका छन् । केही बैंकले शहरका मुख्य केन्द्रमा रहेका कार्यालय खुला राख्ने र ग्राहकको निक्षेप संकलन तथा भुक्तानीका कारोबार गर्ने बताएका छन् । तर कतिपय बैंकले कतिपय शाखाबाट ३ सय ६५ दिन नै सेवा दिने व्यवस्था गरेकाले त्यस्ता बैंकहरूले भने चाडपर्वमा समेत तोकिएका केही कार्यालय खुला रहने बताएका छन् ।  

बैंकको दशैं अफर
बैंक तथा वित्तीय संस्थाहरूले दशैं लक्षित गरेर कार्डको प्रयोगबाट किनमेलमा छूट दिने लगायत अफर ल्याएका छन् । सुपरमार्केटहरूबाट आवश्यक सामान किन्दा छूट दिने र शून्य मौज्दातमा खाता खोल्ने लगायत अफर छन् । यस्तो अफर माछापुच्छ«े बैंकले आगामी असोज १२ गतेदेखि कात्तिक १६ सम्म ल्याएको बताएको छ । ग्राहकले भाटभटेनी सुपरमार्केटबाट खरीद गर्दा कुल बिलको १० प्रतिशत नगद फिर्ता दिने भएको बैंकका नायब सीईओ सन्तोष कोइरालाले जानकारी दिए । यसैगरी एनआईसी एशिया बैंकले समेत दशैं लक्षित विभिन्न योजना ल्याएको छ । 

दशैंका नयाँ नोट शुक्रवारदेखि साट्न शुरू
नेपाल राष्ट्र बैंकले १० गते (शुक्रवार)देखि नयाँ तथा सुकिला नोट सटही शुरू गरेको छ । बालुवाटारस्थित केन्द्रीय बैंककोे मुद्रा व्यवस्थापन विभागले यस वर्षको दशैंलाई लक्षित गर्दै १७ गतेसम्म यस्तो सटही सुविधा दिएको छ ।

केन्द्रीय बैंकले सर्वसाधारणलाई रू. ५, १०, २०, ५० र १०० दरका एक–एक बिट्टा (१०० ओटा) गरी प्रतिव्यक्ति अधिकतम रू. १८ हजार ५०० सम्म नयाँ तथा सफा नोट सटही सुविधा दिएको छ । उक्त नोट सर्वसाधारणले बालुवाटारस्थित केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट साट्न पाउनेछन् । साथै केन्द्रीय बैंकको नोट कोष रहेका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका देशभरका सबै शाखामार्फत सीमित रूपमा सर्वसाधारणले सुकिला र नयाँ नोट साट्न पाउनेछन् । यसबाहेक आप्mनो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट समेत सो अवधिमा नयाँ नोट साट्न सक्ने राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताए । उनका अनुसार यसपटक करीब साढे १२ देखि १३ अर्ब रुपैयाँसम्म नयाँ नोट सटही हुन सक्ने अनुमान गरिएको छ । नयाँ नोट सटहीका लागि नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा तोकेका मुख्य स्थानहरू :

  •  नेपाल बैंक लिमिटेडका न्यूरोड, कीर्तिपूर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखा
  •   राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका सिंहदरबार प्लाजा (केन्द्रीय कार्यालय), सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा
  •   कृषि विकास बैंक लिमिटेडका गौशला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखा

नोट जतन नगरे कानूनी कारबाही

टीका लगाउँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक सांस्कृतिक कार्यमा रङ लागेका वा मैलिएका हातले नोट छुँदा त्यस्ता नोट चलनचल्तीमा आउन नसक्ने भएकाले यस्तो कार्य नगर्न राष्ट्र बैंकले आग्रह गरेको छ । साथै आपूmलाई आवश्यक पर्नेभन्दा बढी रकम बैंकमा जम्मा गर्न सुझाएको छ । नेपाली नोटमा कुनै बहानामा रङ लगाउने, लेख्ने, केरमेट गर्ने, नोटको आकार बिगार्ने जस्ता कार्य गर्ने तथा गराउनेलाई प्रचलित कानून अनुसार कारबाही हुने भएकाले सचेत रहन राष्ट्र बैंकले भनेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)