ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चाडपर्व र अर्थतन्त्र

Sep 27, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने

चाडपर्वका बेला खाद्यान्न मात्रै नभई चाडपर्वसँग जोडिएका संस्कृति सम्बद्ध लत्ताकपडा र अन्य वस्तुको खरीद÷विक्री बढ्दछ । त्यसैले रमाइलो उत्सव बोकेर आउने चाडपर्वले अर्थतन्त्रलाई चलायमान पनि बनाउँदछ ।

र्खाको अन्त्य भएर हिउँद लाग्दै गर्दा नेपालीको खाद्यान्न खरीद गर्ने क्रम पनि बढ्दै जान्छ । साउनदेखि शुरू हुने यो क्रम करीब मङ्सिरसम्म कायम रहन्छ । यही मौसममा नेपालीका धेरै र प्रमुख चाडपर्व पनि पर्दछन् । झन् प्रमुख चाड दशैंको बेला त खाद्यान्नको माग अन्य समयको तुलनामा ५० प्रतिशतसम्म बढी हुने नेपाल खाद्य संस्थानको तथ्यांक छ । खासगरी दशैंमा चामलको माग बढी हुने संस्थानका विक्री वितरण विभाग प्रमुख लालमोहन ठाकुर बताउँछन् ।

खाद्य संस्थानले देशभित्रैका किसानबाट कृषि उत्पादन खरीद गरी कुटानी, पिसानी गरेर उपभोक्तामाझ पु¥याउँछ । चाडपर्वका बेला हुने बढी माग धान्न संस्थानले बढी खरीद गर्दा किसानको हातमा बढी पैसा पुग्दछ । यसबाट किसानले पुनः बढी उत्पादनका लागि लगानी गर्न सक्छ र बढी विक्री गर्न सक्छ । यो नेपालको मात्रै नभई विश्वभरिकै प्रचलन हो । चाडपर्वका बेला खाद्यान्न मात्रै नभई चाडपर्वसँग जोडिएका संस्कृति सम्बद्ध लत्ताकपडा र अन्य वस्तुको खरीद÷विक्री बढ्दछ । त्यसैले रमाइलो उत्सव बोकेर आउने चाडपर्वले अर्थतन्त्रलाई चलायमान पनि बनाउँदछ । 

चाडपर्व मनाउन दिइने सार्वजनिक बिदा मानिसलाई आवश्यक सामान खरीद गर्ने उपयुक्त अवसर हुने गरेको छ । चाडपर्वका लागि बिदा दिने चलन हरेक देशमा छ । त्यसमध्ये पनि कम्बोडिया संसारमै सबैभन्दा बढी बिदा दिने देश पर्दछ । दोस्रोमा श्रीलंका छ भने तेस्रोमा भारत र काजकास्तान रहेका छन् । सबै देशका अधिकांश सार्वजनिक बिदा धर्म संस्कृति सम्बद्ध चाडपर्वमा दिने गरिएको छ । 

चाडपर्वले पैसाको स्थानान्तरण 
हरेक देशले मनाउने चाडपर्वका समान विशेषता भनेका नयाँ कपडा, गहना र श्रृंगारले सजिएर परिवारका सदस्य वा साथीभाइ एक ठाउँमा भेला हुने, सामान्यतया सधैं खाइने भन्दा फरक, महँगा र मीठा परिकार खाने गरिन्छ । धर्मसँग जोडिएका चाडपर्वका बेला सोही अनुसारका पूजा, आराधनाका सामग्रीको जोहो पनि गरिन्छ । यसका लागि मानिससँग साथमा भएको पैसाले पुग्ने अवस्था हुन्न, जसले गर्दा मानिसहरू आप्mना बैंक खातामा राखिएका पैसा संकलन गरी आवश्यक सामग्री खरीद गर्दछन् । त्यसैगरी सामान विक्रेताले उक्त समयमा आर्जन गरेको पैसा पुनः बैंकमा राख्दछन् । परिणामतः चाडपर्वले बैंकहरूको बचत र भुक्तानी (ट्रान्जेक्शन)को दर पनि बढाउँछन् ।

सार्वजनिक बिदा नै नभएका पनि नेपालमा धेरै चाडपर्व छन् । बहुजाति, बहुधर्मी रहेको यस देशमा कतिपय जातिगत, कतिपय धर्मगत चाडपर्वहरू छन् । जातीय र धार्मिक सहिष्णुताको विकास हुँदै जाँदा विस्तारै पहाडको दशैंको टीका लगाउने चलन तराईमा र तराईको छठ पर्व पहाडमा पनि मनाउन थालिएको छ । त्यसैगरी हिन्दू संस्कृतिको दशैंका सामग्री बेचबिखनमा अन्य धार्मिक समुदायको उपस्थिति, रमदानका बेला मस्जिदमा पुगेर अन्य धर्मावलम्बीले गर्ने सेबइ, खजुर लगायत सामग्रीको खरीद, बुद्ध जयन्तीको एक दिन भए पनि चैत्यहरूमा पुगेर मन शान्त पार्ने सम्पूर्ण धर्मावलम्बीको चाहना तथा घरघरमा बढ्न थालेको क्रिसमस ट्रीको सजावट र बालबालिकालाई उपहार दिने प्रचलनले कुनै पनि चाडपर्व अब जात विशेष र धर्मको रहेनन् भन्ने पुष्टि गर्दछ । यसरी हरेक चाडपर्वमा कुनै न कुनै हिसाबले सम्बन्धित जात तथा धर्म बाहेकका मानिसको संलग्नताले आर्थिक गतिविधि झनै बढाउँदछ ।  

विश्वमा सबैभन्दा धेरै चाडपर्व हिन्दू धर्मावलम्बी र रोमन क्याथोलिकहरूले मनाउने तथ्यांक छ । भएका सबै चाडपर्वमा बिदा दिने चलन हुँदैन । नेपालमै पनि क्षेत्रगत, जातिगत र धर्मगत बिदा छन् । खासगरी कामलाई प्राथमिकता दिने देशहरूमा सार्वजनिक बिदाहरू कम गरिन्छन् । त्यस्तै लामो इतिहास र बृहद् संस्कृति  नभएका देशमा चाडपर्व कम हुने हुन्छ । यी दुवै परिस्थितिमा लामो समय पैसा सीमित स्थानमा जम्मा भएर बस्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा अचानक बिदा दिई उत्सव मनाउन प्रेरित गर्ने देशहरू पनि छन् । यसो गर्नाले मानिसहरू आपूmसँग भएका पैसाले आवश्यक सामान किन्ने तथा मन लागेको ठाउँमा खर्च गर्ने गर्दछन् । 

अर्थतन्त्रलाई ध्यानमा राखी चाड बिदा फेर्ने देश : चीन
चीन अर्थतन्त्रलाई चाडपर्वले पार्ने असरलाई ध्यानमा राखी बिदा दिने देशमा पर्दछ । अक्टोबर १ देखि ७ सम्म मनाइने ‘गोल्डेन विक’सँगै अर्को एकदिने महŒवपूर्ण चाड ‘मीड अटम’ जोडिन आउने रहेछ भने बिदा ८ दिन नै हुन्छ । 

त्यसको मिलानका लागि कर्मचारीले अर्को कुनै साप्ताहिक बिदाको दिन काम गर्नुपर्छ । यस बाहेक पनि चीनमा हरेक वर्ष बिदाको मिलान हुने गर्दछ । वर्षको शुरूमा सरकारले उक्त वर्षको बिदाका दिन तोक्छ र बीचमा पनि फेर बदल गर्न सक्छ । कुनै तीन चाड लगातार परे भने त्यसका लागि बिदा कुनै साप्ताहिक बिदाको अघिल्लो र पछिल्लो दिनमा तोकिन्छ ।

किन्ने उत्सव : ब्ल्याक फ्राइडे
हरेक वर्षको नोभेम्बर महीनाको चौथो शुक्रवार अमेरिकामा ‘ब्याक फ्राइडे’ मनाउने गरिन्छ । अमेरिकाका प्रमुख चाडमध्ये एक ‘थ्यांक्स गिभिङ डे’को भोलिपल्ट पर्ने यो दिनलाई सन् २००५ यता अमेरिकाकै धेरै व्यापारको दिनका रूपमा मनाउने गरिएको छ । यो दिन अमेरिकामा सार्वजनिक बिदा पनि दिने गरिएको छ । खासगरी उपहार दिन सकिने वस्तुमा ठूलो छूटका साथ यो दिनको व्यापार हुने गर्दछ । उक्त दिन अमेरिकाका साथै संसारभर फैलिएका ई–कमर्श साइटहरूले राख्ने छूट योजनाका कारण ब्ल्याक फ्राइडेमा सामान किन्ने प्रचलनले बेलायत, क्यानडा, मेक्सिको, अस्ट्रेलिया लगायत देश हुँदै संसारभर व्यापकता पाइरहेको छ । 

अलिबाबाको सिंगल्स डे
चीनको ई–कमर्श साइट अलिबाबाको विक्री उत्सव ‘सिंगल्स डे’ नोभेम्बर ११ तारिखका दिन मनाउने गरिन्छ । एक्ला (सिंगल) व्यक्तिहरूको दिनको रूपमा परिभाषित गरी सन् २००९ देखि अलिबाबाले व्यापार शुरू गरेको थियो । युवा पुस्ता लक्षित व्यापार भएका कारण छिट्टै यो दिनको व्यापार पनि उच्च गतिमा बढिरहेको छ । उक्त साइटको  सिंगल्स डे सन् २०१८ को विक्री मात्रै ३० अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)