ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजारमा दशैं रौनक : व्यापारी भन्छन् पोहोर जस्तो छैन

Sep 27, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

दशैं, तिहार जस्ता चाडपर्व नजिकिँदै गएपछि काठमाडौंका मुख्य व्यापारिक केन्द्र मानिने असन, महाबौद्ध, इन्द्रचोक, न्यूरोड लगायत ठाउँहरूमा किनमेल गर्ने मानिसको भीड बढ्दै गएको छ । अन्य सिजनमा पनि उच्च मात्रामा किनमेल हुुने ती ठाउँमा अहिले मानिस राम्रोसँग हिँड्ने ठाउँ समेत छैन । 

तर व्यावसायिक भवनहरूमा भने यस वर्ष दशैंको रौनक पहिलेको जस्तो छैन । अघिल्ला वर्षको यो समयमा सुन्धारास्थित काठमाडौं मल तथा सिभिल मल, ललितपुरको लबिम मल, नयाँ बसपार्कस्थित बीजी मल, चावहिलको केएल टावरमा लगायतका व्यावसायिक भवनमा ग्राहकको ठूलो भीड लाग्ने गरेको थियो । तर त्यसको तुलनामा अहिले ग्राहकको भीड न्यून देखिन्छ ।
असन, इन्द्रचोकमा पनि पहिलेको जस्तो ग्राहकको उपस्थिति र व्यापार नभएको व्यापारीहरू बताउँछन् । पहिले यो समयमा ग्राहकको अझै भीड हुने गरेको न्यूरोड, असन, काठमाडौं मलका व्यापारीको भनाइ छ । 

दी काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुष्मा महराले अघिल्ला वर्षहरूको व्यापारको तुलनामा अहिले ठूलो ह्रास आएको बताइन् । उनले भनिन्, ‘अघिपछिका दिनमा २ हजार कमाउने व्यापारीले अहिले ५ हजारभन्दा बढी कमाएका छन् । असन, इन्द्रचोक, न्यूरोडका सडकपेटीमा व्यापार गर्ने व्यापापरीले ओत राखेर पसल चलाइरहेका छन् । 

असन, न्यूरोड, इन्द्रचोक, महाबौद्ध लगायत व्यापारीलाई ग्राहक बाहेक अरूसँग बोल्ने फुर्सद पनि छैन । ग्राहकको चाहना अनुसार कपडा देखाउन र अंकित मूल्यमा बार्गेनिङ गर्न नै व्यापारीहरू व्यस्त छन् । ग्राहक तान्न पसलहरूका एजेन्टहरू सडकमा उत्तिकै मात्रामा सक्रिय छन् । एजेन्टहरूले विभिन्न उपहार र स्कीम देखाउँदै ग्राहकलाई आप्mनो पसलमा किनमेल गर्न रिझाउने गरेको देख्न सकिन्छ । त्यहाँ ग्राहकलाई तानातान नै हुने गर्छ । यस्ता कारण दशैंको समयमा व्यापारीले अघिपछि भन्दा कयौं गुणा बढी व्यापार गर्छन् । 

अघिपछि अधिकतम ३० प्रतिशत मात्र छूट दिने व्यापारीले अहिले न्यूनतम २० देखि अधिकतम ५० प्रतिशतसम्म छूट पनि दिएका छन् । तर वस्तुको अंकित मूल्य पहिलेभन्दा बढी भएको पनि ग्राहकको टिप्पणी छ । ग्राहकका अनुसार तयारी पोशाकको मूल्यमा अघिपछिको मूल्यमा भन्दा धेरै अन्तर छ । 

व्यापारीका अनुसार तयारी पोशाकको बढी विक्री हुने गरेको छ । नेपाली समाजमा दशैंमा नयाँ लुगा लगाउनुपर्छ भन्ने मान्यता छ । त्यसैले यस्ता वस्तुको विक्री बढी भएको व्यापारीहरू बताउँछन् । यसका अलावा दशैंमा चाहिने आवश्यक सामग्री, उपहार, खाद्य वस्तुको उच्च मात्रामा विक्री भएको उनीहरूको भनाइ छ ।

मलहरूमा उपहार योजना 
चाडपर्वको समयमा काठमाडौंका विभिन्न व्यापारिक मलहरूले उपहार योजना ल्याएका छन् । गाेंगबुस्थित बीजी मलले ‘शप एन्ड विन’ उपहार योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकले हरेक दिन कुनै न कुनै उपहार पाउन सक्नेछन् । उपहार योजनामा सहभागी हुन ग्राहकले मलमा कम्तीमा १ हजार रुपैयाँको सामान किन्नुपर्नेछ । सामान किनिसकेपछि ग्राहकले पाउने कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिनेछ । बम्पर उपहारमा गोलाप्रथाबाट एक–एकजनाले यामाहाको एफजेड मोटरसाइकल, यमाहा रे जेड स्कूटर तथा ४ रात ५ दिनको बैंकक भ्रमण जित्न सक्नेछन् । 

दैनिक अफर अन्तर्गत ग्राहकले १ हजार रुपैयाँको शपिङ भौचर, लन्च कुपन तथा मुभी टिकट पाउनेछन । त्यसैगरी साप्ताहिक उपहारमा सीजीको ३२ इन्च एलईडी टीभी, वाशिङ मेशिन र ग्यास एन्ड इलेक्ट्रिक हिटर, सीजी इलेक्ट्रिक ओभन र साउन्ड बार छन् ।

चावहिलस्थित केलएल टावरले पनि दशैं, तिहार लक्षित उपहार योजना शुरू गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार पाउने सक्नेछन् । साथै हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैयाँ बराबरको शपिङ भौचरका साथै आकर्षक उपहार पनि प्रदान गरिने बताइएको छ । साप्ताहिक रूपमा गोयन्का ब्रान्डको रेफ्रिजिरेटर, वाशिङ मेशिन, एलईडी टेलिभिजन, आइरन, हिटर, भ्याकुम क्लिनर लगायत घरायसी सामग्री उपलब्ध गराइनेछ । बम्पर उपहार अन्तर्गत एक जनालाई यामाहाको एफजेड एसएफआई भीथ्री मोटरसाइकल प्रदान गरिने योजना छ । काठमाडौंका अन्य व्यावसायिक मलमा पनि यस्ता किसिमका उपहार योजना देख्न सकिन्छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)