काठमाडौं । विश्व पर्यटन दिवसको अवसर पारेर न्यू बिजनेश एज प्रालिले शुक्रवार आयोजना गरेको छैटौं ‘न्यू बिजनेश कन्क्लेभ तथा अवार्ड २०१९’ कार्यक्रममा नेपाल, लाओस तथा भुटानका अनुभव तथा मेकङ क्षेत्रका ६ देशको संयुक्त उपक्रमका अनुभव आदान प्रदान भयो । प्रस्तुत छ, वक्ताहरूले कार्यक्रममा राखेको संक्षिप्त धारणा :
जेन्स थ्राएहार्ट
कार्यकारी निर्देशक, मेकङ टुरिजम
पर्यटक बढाउनु मात्रै ठूलो कुरा नभई सन्तुलित र दिगो पर्यटक नै आजको आवश्यकता हो । विश्वको कुरा गर्दा सन् २०५० सम्ममा १११ प्रतिशत ऊर्जा, १५० प्रतिशत पानीको खपत बढ्नुका साथै २५२ प्रतिशत फोहोरको व्यवस्थापन गर्नु पर्ने चुनौती छ । मेकङ नदीसँग सम्बन्धित क्षेत्र कम्बोडिया, चीन, लाओस, म्यानमार, थाइल्यान्ड र भियतनाम गरी ६ ओटा देश सम्मिलित सार्वजनिक निजी साझेदारी मोडलको पर्यटन विकास अवधारणा हो । पहिले मेकङ नदी क्षेत्र प्लास्टिकजन्य फोहोरले आक्रान्त थियो । वातावरणप्रति संवेदनशील रहँदै अहिले यो क्षेत्रमा प्लाष्टिकजन्य फोहर निषेध गरिएको छ । आ–आफ्नो देशले पर्यटन क्षेत्रमा अवलम्बन गरेका नीति र अनुभवले एकीकृत पर्यटन प्रवद्र्धनमा सघाउ पुगेको छ । पूर्वाधार विकास, जनशक्ति विकास तथा नयाँ गन्तव्य विकासमा जोड दिएका छौं । मेकङ क्षेत्रको पर्यटन विकासका लागि सन् २०१६–२०२५ सम्मको रणनीति अनुसार हामीले काम गरेका छौं । सन् २०१० मा ३ करोड पर्यटकले यो क्षेत्रमा भ्रमण गरेकोमा २०१६ मा त्यो संख्या करीब ६ करोड पुगेको छ । पर्यटक आगमन बढिरहको सन्र्दमा हाम्रो जोड पर्यावरणीय सन्तुलन सहितको दिगो पर्यटन हो ।
सोनाम जात्सो
पर्यटन उद्यमी, भुटान
भुटानमा बुद्धिजम तथा प्राकृतिक सौन्दर्यका लागि पर्यटक आउने गर्छन् । पर्यटन भुटानको वैदेशिक आयको प्रमुख स्रोतको रूपमा रहेको छ । तर भुटानको धरै पर्यटक भिœयाउने नीति छैन । ‘हाईभ्यालु लो भोल्युम’ भुटानको पर्यटन नीति हो । त्यसैले भुटान गुणस्तरीय पर्यटक ल्याउने योजना अनुरूप काम गरिरहेको छ । सन् १९७४ बाट मात्रै भुटानमा पर्यटक आउन थालेको हुन् त्यो वर्ष २८७ जना पर्यटकले भुटान भ्रमण गरेको थिए । सन् २०१८ मा २ लाख ७४ हजार पर्यटकले भुटान भ्रमण गरेका छन् । यो वर्ष ८ करोड ५४ लाख अमेरिकी डलर आम्दानी गरेको छ । हामीले भुटानमा इको टुरिजमलाई जोड दिएका छौं । हेल्थ र वेलनेश तथा धार्मिक पर्यटन पछिल्लो समय बढ्दै गएको छ । पर्यटनले विदेशी मुद्रा आर्जन तथा अन्य आयमा वृद्धि गरेको छ । रोजगारी सृजनामा सहयोग गरेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना हुने गरेका छन् । यसले पर्यटन प्रवद्धर्नमा सहयोग पुगेको छ । यद्यपि पूर्वाधार तथा कनेक्टिभिटीको समस्या विद्यमान नै छ । त्यसको सुधार आवश्यक छ ।
बाउनलाप दोउआङफोमी
बजार उपमहानिर्देशक, लाओ टुरिजम
पछिल्लो समय लाओसको पर्यटन गतिविधि बढ्दो क्रममा रहेको बताए । बुद्धिस्ट देश भएकोले यहाँ बौद्ध पर्यटन र अन्य प्राकृतिक तथा सांस्कृतिक क्षेत्रको पर्यटन प्राथमिकतामा परेको छ । लाओसमा एशिया यूरोप, अमेरिका, अफ्रिका, मिड्ल इस्ट तथा आसियन क्षेत्रका पर्यटकले भ्रमण गर्ने गरेका छन् । सन् २०१७ मा ४१ लाख पर्यटकले लाओस भ्रमण गरेका छन् । यो सन् २०१६ को तुलनामा ८ दशमलव २ प्रतिशत वृद्धि हो क्षेत्रीय पर्यटकहरू औसत पाँच दिन र अन्तरराष्ट्रिय पर्यटकहरूको औसत ८ दिन बसाइ छ । पर्यटनबाट सन् २०१८ मा लाओस ८५ करोड डलर आम्दानी गर्न सफल भएको छ भने ४० हजार रोजगारी सृजना भएको छ । क्षेत्रको विकासका लागि राष्ट्रिय तथा क्षेत्रीय स्तरमा गन्तव्य व्यवस्थापन योजना बनाएर अघि बढेको छ, जसका लागि हाल ‘राष्ट्रिय पर्यटन बजार रणनीति २०१९–२०२२’ तयार गरी काम शुरू गरिएको छ । नेपालमा पनि पर्यटनमा धेरै सम्भावना बोकेको मुलुक हो । यहाँ धार्मिक, ऐतिहासिक तथा साहसिक पर्यटनको राम्रो सम्भावना छ । योजनाबद्ध रूपमा अगाडि बढे पर्यटनबाटै समृद्धि सम्भव छ ।
सृजना राणा
अध्यक्ष, होटल एशोसिएशन नेपाल (हान)
नेपालको पर्यटन विविधताले भरिपूर्ण छ । नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल सन् १९९८ मा पहिला भ्रमण वर्षे, २०११ मा दोस्रो भ्रमण वर्ष सम्पन्न भएका छन् । सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने गरी यति बेला कामहरू भइरहेका छन् । सन् २०१८ मा नेपालमा करीब ११ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०२० मा २० लाख पर्यटक भित्र्याउने नेपालको लक्ष्य हो । नेपाल आउने पर्यटकको औसत बसाइ १३ दिन रहेको छ । यद्यपि पर्यटन क्षेत्रमा धेरै परिवर्तन भने आएका छन् । पर्यटन क्षेत्रमा लगानी बढिरहेको छ । विश्वस्तरीय चेन होटल नेपालमा आएका छन् । प्रवर्द्धनमा पनि तुलनात्मक रूपमा जोड दिएको देखिन्छ । धार्मिक, साहसिक, वाइल्ड लाइफ नेपालको पर्यटनका प्रमुख क्षेत्र हुन् । पर्यटनमा धेरै सम्भावना भएर पनि पूर्वाधारको विकास कनेक्टिभिटी र बजारीकरण नेपालको पर्यटनमा समस्याका रूपमा छन् । यी समस्याको समाधान गर्न सके नेपालले पर्यटनबाट आर्थिक विकासमा योगदान दिन सक्छ । सरकार र निजीक्षेत्र समन्वयात्मक रूपमा अगाडि बढ्न जरुरी छ ।