ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छैटौं ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड्स २०१९’ : सम्मान नेपाली निजीक्षेत्रका उत्कृष्ट कम्पनीहरूको

Oct 1, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । यस वर्षको छैटौं ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड–२०१९’ शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । ‘लाइफ टाइम एचिमभेन्ट इन बिजनेश लिडरशिप’ सहित विभिन्न नौ विधामा २१ ओटा विभिन्न कम्पनीहरू सम्मानित भएका थिए । 

सन् २०१३ देखि शुरू गरिएको यस अवार्डको छैटौं संस्करणमा ‘बेस्ट म्यानेज्ड कम्पनी’को उपाधिबाट बुद्ध एयर सम्मानित भएको थियो भने ‘लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप’ सम्मान द्वारिकाज् होटलका अध्यक्ष अम्बिका श्रेष्ठलाई प्रदान गरिएको थियो । ‘जुरी समूह’ले फरक–फरक आधार (क्राइटेरिया) तयार गरी ‘बेस्ट म्यानेज्ड कम्पनी’ छनोट गरेको थियो । 

यस्ता छन् सम्मान पाएका उत्कृष्ट आठ कम्पनी :

उत्कृष्ट व्यवस्थापनमा सफल ‘बुद्ध एयर’
‘बेस्ट म्यानेज्ड कम्पनी अवार्ड’बाट यस वर्ष बुद्ध एयर प्रालि सम्मानित भएको छ । नेपालको हवाई क्षेत्रमा बुद्ध एयर सफल एयरलाइन्स कम्पनी मानिन्छ । बुद्ध एयर प्रालि नाममा अप्रिल १९९६ मा दर्ता भई ११ अक्टोबर १९९७ देखि उडान शुरू गरेको कम्पनी सबैभन्दा बढी र सुरक्षित उडान गर्ने हवाई सेवाप्रदायकका रूपमा स्थापित छ ।

कम्पनीका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेत हुन् । हाल प्रबन्धक निर्देशक (एमडी)का रूपमा उनका छोरा वीरेन्द्रबहादुर बस्नेत छन् । अक्टोबर १९९७ मा बिचक्राफ्ट १९०० डीबाट बुद्धले पहिलो उडान गरेको थियो । निजीक्षेत्रका वायुसेवा कम्पनीमध्ये बुद्धसँग मात्रै ≈यांगर छ । विश्व बैंकबाट २००८ मा १० मिलियन डलर ऋण लिएर कम्पनीले ह्यांगर र एयरक्राफ्ट थपेको थियो ।

कम्पनीले मे २०१९ मा परीक्षणका रूपमा काठमाडौं–कोलकाता उडान गरेको थियो । कम्पनीले हाल हरेक हप्ताको सोमवार र शुक्रवार काठमाडौं–वाराणसी र वाराणसी–काठमाडौं उडान गर्दै आएको छ । सुरक्षित उडानलाई उच्च प्राथमिकता दिएको कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विगत १२ वर्षदेखि कृषिक्षेत्रमा लगानी गरेको छ । 

२०१८/१९ मा कम्पनीले ३० हजार ३०५ पटक उडान गरेको छ । यस्तै हालसम्म १ हजार ७ जनालाई रोजगारी दिएको छ । 

कम्पनीसँग हाल ४७ सीट क्षमताका तीनओटा एटीआर ४२–३०० जहाज छन् भने ७० सीट क्षमताका ८ ओटा एटीआर जहाज छन् । साथै १९ सीट क्षमताका दुईओटा बिचक्राफ्ट–१९०० डी जहाज गरी कुल १३ ओटा जहाज छन् । 

एभरेस्ट बैंक 
‘बेस्ट म्यानेज्ड कमर्शियल बैंक अवार्ड’ यस वर्ष एभरेस्ट बैंकले पाएको छ । पन्जाब बैंकसँग जोइन्ट भेन्चर रहेको एभरेस्ट बैंकमा पन्जाब बैंकको २० प्रतिशत अंश छ । यसको प्रधान कार्यालय काठमाडौंको लाजिम्पाटमा छ ।

हालसम्म कम्पनीले ९४ शाखा, १२० एटीएम र ३० ओटा राजस्व संकलन काउन्टरबाट १० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । ‘सबैको वृद्धिका लागि बैंकिङ’ लक्ष्य राखेर अघि बढेको बैंकको ‘एकै छानामुनि सम्पूर्ण बैंकिङ कारोबार गर्न सकिने वाणिज्य बैंकका रूपमा स्थापित भई आप्mनै स्वदेशी नाममा नेपालको अग्रणी बैंक बन्ने’ मूल भिजन रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब १० करोड छ । हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ रहेका छन् भने सञ्चालक समितिका अध्यक्ष बीके श्रेष्ठ छन् । कम्पनीको पछिल्लो बजार मूल्य रू. ५६५ रहेको छ ।

गण्डकी डेभलपमेन्ट बैंक 
‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’ यस वर्ष गण्डकी डेभलपमेन्ट बैंक लिले पाएको छ । २०६४ मङ्सिर ५ गते स्थापना भएको यस बैंकले ग्राहकलाई छिटोछरितो वित्तीय सेवा प्रदान गर्दै आएको छ । गण्डकी विकास बैंकलाई मेगा बैंकले प्राप्ति गर्ने भएको छ । कम्पनीको प्रधान कार्यालय पोखराको चिप्लेढुंगामा छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड छ । कम्पनीले हाल सम्म ८१ ओटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा रहेका छन् भने सञ्चालक समितिका अध्यक्ष सुशील गौचन छन् ।

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी 
‘बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी अवार्ड’ यस वर्ष श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले पाएको छ । 

२०५१ सालमा स्थापित कम्पनीको प्रधान शाखा कार्यालय काठमाडौंको डिल्लीबजारमा छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड छ, जुन अघिल्लो आवको चौथो त्रैमासको तुलनामा १ दशमलव २३ प्रतिशत बढी हो । हालसम्म कम्पनीले काठमाडौं र काठमाडौं बाहिर गरेर १३ ओटा शाखा कार्यालयबाट ग्राहकलाई सेवा दिँदै आएको छ । हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत लीलामणि न्यौपाने छन् भने सञ्चालक समितिका अध्यक्षमा शशीराज पाण्डे रहेका छन् ।

शिखर इन्स्योरेन्स कम्पनी 
‘बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी अवार्ड’ यस वर्ष शिखर इन्स्योरेन्स कम्पनी लिले पाएको छ । शिखर इन्स्योरेन्स जनरल बीमा कम्पनी हो । हाल कम्पनीले व्यावसायिक तथा औद्योगिक क्षेत्र, उड्डयन, बैंकिङ, उत्पादक कम्पनी, व्यापार, पर्यटन लगायत क्षेत्रमा बीमा सेवा प्रदान गर्दै आएको छ । हालसम्म कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ६४ करोड ५० लाख छ । कम्पनीले हालसम्म अघिल्लो आवको चौथो त्रैमासको तुलनामा २१ दशमलव ७७ प्रतिशत बढी चुक्तापूँजी बढाएको छ । कम्पनी प्रधान कार्यालय थापाथलीस्थित शिखर बिज सेन्टरमा छ । कम्पनीले काठमाडौं र काठमाडौं बाहिर गरेर ६२ ओटा शाखा कार्यालयबाट ग्राहकलाई सेवा दिँदै आएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे छन् भने सञ्चालक समितिका अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ छन् । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी 
‘बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड’ यस वर्ष नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले पाएको छ । २०५८ वैशाख २१ गते स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान शाखा कार्यालय कमलादीस्थित हेरिटेज प्लाजामा छ । कम्पनीको शेयर रजिस्ट्रार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । हालसम्म कम्पनीको चुक्तापूँजी रू. ५ अर्ब ४९ करोड ६१ लाख छ । यो अघिल्लो आवको तुलनामा २५ प्रतिशत बढी हो । कम्पनीले काठमाडौं र काठमाडौं बाहिर गरेर ३० ओटा शाखा कार्यालयबाट ग्राहकलाई सेवा दिँदै आएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत विवेक झा रहेका छन् भने सञ्चालक समितिका अध्यक्षमा गोविन्दलाल संघई छन् । 

छिमेक लघुवित्त वित्तीय संस्था
‘बेष्ट म्यानेज्ड माइक्रो–फाइनान्स कम्पनी अवार्ड’ यस वर्ष छिमेक लघुवित्त वित्तीय संस्थाले पाएको छ । २०४८ सालमा स्थापना भएको छिमेक समाज सेवा संस्थाको विशेष पहलमा २०५८ सालमा छिमेक विकास बैंकको स्थापना भएको हो । छिमेक समाज सेवा सस्ंथाले आयमूलक कार्यक्रम विधिवत रूपमा २०५१ सालदेखि चितवनको माडी क्षेत्र र महोत्तरीको रामगोपालपुरमा शुरू गरेको हो । हाल छिमेक लघुवित्त विकास बैंकले ६३ जिल्लामा १२८ शाखा कार्यालयबाट वित्तीय सेवा दिँदै आएको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १८ करोड रहेको छ । यो गत आवको चौथो त्रैमासको तुलनामा १८ प्रतिशत बढेको हो । हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशी छन् भने सञ्चालक समितिका अध्यक्षमा विश्वामित्र श्रेष्ठ रहेका छन् । कम्पनीको प्रधान कार्यालय बानेश्वरमा छ ।

भूकम्पले जन्माएको ‘इकोसेल इन्डस्ट्रिज’ 
२०७२ सालमा भूकम्पपश्चात् देशका विभिन्न जिल्लामा जनधनको क्षति भयो । यो क्रममा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका निशान श्रेष्ठ, विवेक अधिकारी, सुवास श्रेष्ठ र सचित पण्डितले सिन्धुपाल्चोक र दोलखामा गएर सहयोग गर्न थाले । उनीहरूले गाउँमा पुनर्निर्माण सुस्त भएको र निर्माण सामग्रीको अभाव भएको पाए । 

भूकम्पले इँटाभट्टाहरूलाई पनि क्षति पुर्‍याएको थियो । उनीहरूलाई भूकम्प प्रतिरोधी घर बनाउन सके यस्तो क्षति बेहोर्नु नपर्ने महसूस भयो । त्यसका लागि उनीहरूले इन्टरलक इँटा उत्पादन गर्ने निर्णय गरे । इन्टरलक इँटाबाट बनेका घर भूकम्प तथा सुनामी प्रतिरोधी हुने थाहा पाएपछि उनीहरूले त्यस्तो इँटा बनाउन गूगल र युट्युबमा खोजी गर्न थाले । इन्टरनेटकै ज्ञानका आधारमा उनीहरूले २०७२ सालमै रू. ४० लाख लगानी गरेर काभ्रेको बनेपामा उद्योग स्थापना गरे । उद्योगका लागि विदेशबाट मेशिन ल्याए ।

शुरूमा उत्पादन गरेको इँटा प्राविधिक रूपमा प्रयोग योग्य नभएपछि उनीहरू विभिन्न देशमा शीप सिक्न समेत धाए । ‘संघर्षको क्रम यत्तिकैमा टुंगिएन,’ कम्पनीका एक संस्थापक तथा म्यानेजिङ डाइरेक्टर निशान चण्डी श्रेष्ठले भने, ‘सर्वसाधारणलाई इन्टरलक इँटाको फाइदाबारे बुझाउन पनि धेरै समय लाग्यो ।’ उनका अनुसार धेरै ठाउँमा कम्पनीका प्रपोजल अस्वीकृत भयो भने ग्राहकहरूले पनि परम्परागत इँटा प्रयोगमै रुचि देखाए । 

‘कुनै कुनै बेलामा त कम्पनी बन्द गरिदिऊँ जस्तो सोच आयो,’ श्रेष्ठले भने । अहिले यो कम्पनीले प्रतिदिन २००० इँटा उत्पादन गर्छ भने थुप्रै व्यक्तिलाई रोजगारी समेत दिएको छ । यसले विभिन्न स्थानमा शाखा समेत खोलिसकेको छ । अन्य साधारण इँटाभन्दा बलियो र सस्तो पर्ने भएकाले यसको माग दिनानुदिन बढ्दै गएको श्रेष्ठले बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)