ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैंको दक्षिणा मोबाइलबाट सीधै बैंक खातामा

मोबाइल बैंकिङ प्रयोगकर्ता ३०% मात्रै

Oct 3, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

दशैंमा टीका, जमरा र आशिर्वाद सहित नयाँ र सुकिला नोट दक्षिणा दिने चलन छ । दशैंमा नयाँ नोट दक्षिणा दिने र लिने मोह अझै घट्न सकेको छैन । तर अब बैंकहरूले यस्तो दक्षिणा मोबाइल बैंकिङमार्फत सीधै बैंक खातामा पठाउन सकिने व्यवस्था गरेका छन् ।

बैंकहरूले कागजी नोटको प्रयोग घटाउन र यसलाई डिजिटलाइज्ड गर्न दक्षिणा मोबाइलबाट बैंक खातामा जाने योजना ल्याएका हुन् । सानिमा बैंकले असोज २१ (दशमी), २२ (एकादशी) र २३ (द्वादशी)का दिन उक्त योजना लागू गर्ने भएको छ । यस अन्तर्गत बैंकका ग्राहकले टीका लगाएर दक्षिणा दिने व्यक्तिलाई उसको जुनसुकै बैंकको खातामा उक्त दक्षिणा जम्मा गर्न सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालका अनुसार यो सुविधा प्रयोग गर्ने ग्राहकले आफूले टीका लगाएको व्यक्तिको बैंक खातामा उसको मोबाइल नम्बर राखेर दक्षिणा बराबरको रकम पठाउनुपर्छ । ‘यो योजनामा सहभागी हुन दक्षिणा दिने र लिने दुवैले मोबाइल बैंकिङ सुविधा लिएको हुनुपर्छ,’ दाहालले भने, ‘दक्षिणा लिने व्यक्तिको मोबाइल नम्बर उसको बैंक खातामा रजिस्टर भएमा उसको खातामा रकम जम्मा हुन्छ । दक्षिणा पठाउनासाथ पाउने व्यक्तिको मोबाइलमा प्राप्त भएको सन्देश तुरुन्तै आउँछ ।’ तोकिएको तीन दिनसम्म यसरी दक्षिणा दिने व्यक्तिमध्ये गोलाप्रथाबाट दैनिक एक जनालाई स्मार्टफोन उपहार दिइने उनले जानकारी दिए । 

मोबाइल बैंकिङको माध्यमबाट दक्षिणा दिन सकिने व्यवस्थाले नोट बोकेर हिँड्दा हुने जोखिम घट्ने र नोट छाप्न राज्यको खर्च समेत कम गर्ने दाहालको तर्क छ । नगद प्रयोग गर्दा जतन नगर्ने, रङ लाग्ने जस्ता समस्याबाट मुक्त हुन डिजिटल भुक्तानी प्रविधि महŒवपूर्ण हुने उनले बताए ।

गतवर्षको तिहारमा मोबाइल बैंकिङबाट दिदीबहिनीलाई दक्षिणा दिने सुविधा एनआईसी एशिया बैंकले ल्याएको थियो । उक्त अवसरमा दक्षिणा लिने र दिने दुवै यो बैंकको ग्राहक भएमा दक्षिणा दिनेलाई प्रत्येक भुक्तानीमा १ सय नगद फिर्ता हुने अफर समेत थियो । डिजिटल भुक्तानीमा केन्द्रित यो बैंकले यसपटक पनि ‘खुशी अपलोड गरौं’ नामक प्रडक्ट बजारमा ल्याएको छ । बैंकका करीब १८ लाख ग्राहकमध्ये १० लाखले मोबाइल बैंकिङ सुविधा लिएको बताइन्छ ।

अन्य बैंकले दशैंलाई लक्षित गरेर डिजिटल माध्यमबाट दक्षिणा दिने योजना ल्याएका छैनन् । यद्यपि मोबाइल बैंकिङको कारोबार भने शुरू गरिसकेका छन् । विश्वबजारमा अधिकांश कारोबार डिजिटल प्रणालीबाट हुने गरेको छ । तर त्यसको तुलनामा नेपालमा यसको प्रयोग कम छ । नेपालका वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाका कुल निक्षेपकर्तामध्ये करीब ३० प्रतिशतले मात्र मोबाइल बैंकिङ सुविधा लिएको पाइन्छ । नेपाल राष्ट्र बैंकको साउन मसान्तसम्मको तथ्यांक अनुसार कुल २७ करोड ८ लाख ६६ हजार ५०५ ओटा निक्षेपकर्तामध्ये ८ लाख ३४ हजार ७ हजार १८७ जनाले मात्र मोबाइल बैंकिङ प्रयोग गरेका छन् । मोबाइल बैंकिङ बाहेक क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड, अनलाइन लगायत माध्यमबाट विद्युतीय भुक्तानी हुँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)