ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एभरेष्ट बैंक : कम्पनी विश्लेषण (शुक्रवार, १ कात्तिक २०७६)

Oct 18, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएकोे छ । बैंकको असोज २६ गते आइतवार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यस बैंकले अग्राधिकार शेयरमा रहेको ४ लाख कित्ता शेयर साधारण शेयरमा परिवर्तन गर्न लागेको छ । जसको लागि बैंकले असोज २ गतेदेखि ३० गतेसम्म शेयरधनी दर्ता किताब बन्द गरेको छ । बैंकले हालसम्म चौथो पटक अग्राधिकार शेयर विक्री गर्न लागेको हो । बैंकले अर्को तीन वर्षमा ४ लाख कित्ता अग्राधिकार शेयर साधारण शेयरमा परिवर्तन गरेपछि सबै शेयर साधारण शेयर हुनेछ । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब १० करोड ६८ लाख ६३ हजार रहेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ९५ रहेको छ । बिहीवारको कारोबारमा बैंकको प्रतिशेयर मूल्य १ अंकले बढेर रू. ५४७ कायम भएको छ ।

कम्पनीको ६७ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मैनबतीमा सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा अन्योल देखाउँछ  । आरएसआई न्यूट्रल जोन ३५ दशमलव ११ विन्दुमा छ । यसले शेयर विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ११ दशमलव २८ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिन खोजेका छन् । हालको मूल्यरेखा २६ दिनेभन्दा र १४ दिने रेखाभन्दा तल छ । बिहीवारको शेयर मूल्य रू. ५४७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५७४ मा प्रतिरोध पाउने देखिन्छ । ७६ दिनको कारोबारमा कम्पनीको शेयर मूल्य सबैभन्दा तल आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)