बैंकले गत आवको नाफाबाट शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बैंकले असोज २४ गते २१औं वार्षिक साधारणसभा सम्पन्न गरी प्रस्तावित लाभांश पारित गरेको हो । बैंकको सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालकलाई अख्तियारी दिएको छ । यस बैंकले गत आवको चौथो त्रैमासको वित्तीय विवरण वाणिज्य बैंकहरूमा सबैभन्दा पहिला सार्वजनिक गरेको थियो । बैंकले सो अवधिमा रू. १ अर्ब ७० करोड नाफा गरेको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा रू. १ करोड ३२ लाख रहेको छ । ५ प्रतिशत बोनस शेयर वितरणपछि पूँजी रू. ८ अर्ब ४५ करोड पुग्नेछ । बिहीवारको कारोबारमा बैंकको शेयर मूल्य बुधवारको तुलनामा स्थिर भएको छ । प्रतिकित्ता रू. २२४ कायम भएको छ ।
कम्पनीको ६७ दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले बैंकको शेयरमूल्य अन्योल देखाउँछ । आरएसआई न्यूट्रल जोन ३१ दशमलव ४७ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १ दशमलव शून्य ९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखा भन्दा हालको मूल्य तल छ । बिहीवारको शेयर मूल्य रू. २२४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २३० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २१८ मा टेवा पाउने देखिन्छ ।