ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धार्थ बैंक : कम्पनी विश्लेषण (शुक्रवार, १ कात्तिक २०७६)

Oct 18, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


सिद्धार्थ बैंकले कात्तिक ७ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरूका लागि १५ दशमलव २६ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले असोज २९ गते बुक क्लोज गरेको छ । यस आधारमा असोज २८ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्रस्तावित लाभांश पाउनेछन् । यस बैंकले गत आव २०७५/७६ मा रू. २ अर्ब ३० करोड ८८ लाख ५३ हजार खुद नाफा गरेको छ । यस अवधिमा वितरणयोग्य नाफा रू. १ अर्ब ६५ करोड छ । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रहेको छ । बुधवार नेप्सेले बैंकको १० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको छ । बोनसपश्चात् प्रतिशेयर मूल्य रू. ३०७ दशमलव २७ तोकेको थियो । बिहीवारको कारोबारमा मूल्य स्थिर रही रू. २९४ कायम भएको छ ।

कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा सानो पुच्छर भएको कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई ओभरसोल्ड जोन ३० दशमलव ९६ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन २१ दशमलव ९२ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजीक हुन खोजेका छन् । हालको मूल्यरेखा यी दुवै रेखाभन्दा तल छ । बिहीवारको शेयर मूल्य रू. २९४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३३८ मा प्रतिरोध पाउने देखिन्छ । ६४ दिनको कारोबारमा बुधवार नै बैंकको शेयरमूल्य सबैभन्दा न्यून रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)