ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फूलको चाड तिहार

Oct 25, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

दीपसँगै फूलको चाडका रूपमा मानिने तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको बढी प्रयोग हुने गर्दछ । तिहारका ५ दिनमा मात्रै सयपत्री फूलको खपत वार्षिक खपतको करीब २५ प्रतिशत हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको तथ्यांक छ । 

प्रतिवर्ष ७२ लाख सयपत्री फूलको माला प्रयोग हुनेमा यो वर्ष तिहारमा मात्र १८ लाख सयपत्री फूलको माला प्रयोग हुने अनुमान छ । त्यसैगरी वर्षभरिमा ५४ करोड रुपैयाँको सयपत्रीको कारोबार हुने गर्दछ भने तिहारका ५ दिनमा मात्रै १० करोड ८० लाख रुपैयाँको कारोबार हुने एशोसिएशनले बताएको छ । तिहारमा प्रयोग हुने गोदावरीका विभिन्न प्रजाति अन्य समयमा पनि बुके तथा सजावटमा प्रयोग हुन्छन् । मखमलीको प्रयोग भने तिहारमा मात्र हुने गर्दछ । 

मखमलीको निर्यात

मखमली फूलमा आत्मनिर्भर नेपालले हरेक वर्ष तिहारका बेला यो फूल्नेको निर्यात पनि गर्ने गर्दछ । ओइलिएर रङ  नखुइलिने तथा स्थानान्तरण गर्दा नमाडिने, नबिग्रिने यो फूलको माला निर्यात हुने गर्दछ । वार्षिक ७ लाख  मखमलीको माला खपत हुने तिहारमा २ लाख माला त निर्यात मात्रै हुने गर्दछ । नेपालीहरूको बसोवास बढी रहेका  देशमा यो मालाको माग हुने गरेको फ्लोरिकल्चर एशोसिएशनका कार्यक्रम संयोजक जेबी तामाङ बताउँछन् ।  ‘सयपत्री फूल अन्य देशमा पनि पाइने हुँदा त्यतै किनेर पूजा गर्ने माला बनाउने गर्ने रहेछन्,’ लामाले भने, ‘तर  मखमली नपाइने हुँदा यहीँबाट गएका माला किनेर प्रयोग गर्ने गर्दछन् ।’

सयपत्रीको आयात निरन्तर घट्दै


गएको वर्ष सयपत्रीका ३ लाख माला भारतबाट आयात भएकोमा यो वर्ष २ लाख २५ हजार मात्रै आयात हुने अनुमान छ । समग्र फूलखेतीझैं सयपत्री फूलको खेती पनि बढ्दै गएका कारण आयात घट्ने अवस्था सृजना भएको हो । यस बाहेक विगतमा बजार आकलन नगरी बढी आयात गर्ने प्रचलनले पनि आयातको तथ्यांक माथि पुगेको पुष्प व्यवसायीहरू बताउँछन् ।  हाल देशका १८ जिल्लामा सयपत्री फूलको व्यावसायिक उत्पादन भइरहेको छ । खासगरी, तिहारको मौसममा फूल्ने भए पनि व्यावसायिक खेतीमार्फत वर्षभरि नै यो फूलको उत्पादन गर्न थालिएको छ । बजारको अभाव नरहेका कारण किसानहरूको आकर्षण बढ्दै गएको छ । यसले आगामी वर्षहरूमा झनै आयात प्रतिस्थापन गर्दै जाने व्यवसायीहरू बताउँछन् । 

 

नेपालमा पुष्प व्यवसायको अवस्था
विसं २०११ देखि सामान्य स्तरमा शुरू भएको पुष्प व्यवसायमा आर्थिक वर्ष २०७५/७६ सम्म आइपुग्दा ४३ जिल्लामा ७०० भन्दा बढी पुष्प व्यवसायीहरू फूलको उत्पादन (व्यवसाय) गर्दै आएका छन् । हाल करीब १५७ हेक्टर क्षेत्रफलमा भइरहेको पुष्प व्यवसायले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४३ हजार ५०० जनालाई रोजगारी दिइरहेको फ्लोरिकल्चर एशोसिएशनको तथ्यांक छ । गत आर्थिक वर्ष (२०७५/७६) यो व्यवसायमा २ अर्ब ४२ करोड १० लाख २४ हजारको कारोबार भएको एशोसिएशनले जानकारी दिएको छ, जसमध्ये २० करोड ९२ लाख ५८ हजार रुपैयाँको फूल तथा फूलजन्य वस्तुको आयात भएको थियो भने ४६ लाख ५८ हजार रुपैयाँको निर्यात भएको थियो । यो व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)