यस आर्थिक वर्षको ६ महीनामा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले रू. १२ करोड १३ लाखभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत वर्ष रू. २ करोड ८९ लाखभन्दा बढी थियो । ६० प्रतिशत हकप्रदमार्फत कम्पनीले चूक्तापूँजी रू. २ अर्ब १ करोड भन्दा बढी पु¥याएको छ । जगेडा कोषमा रू. ४७ करोड ४४ लाख बढी रकम रहेको छ । जीवन बीमा कोषमा रू. १९ अर्ब ३१ करोडभन्दा बढी रकम रहेको कम्पनीले बीमालेख धितोपत्रमा राखेर रू. १ अर्ब ९२ करोड कर्जा प्रवाह गरेको छ । यस अवधिमा कम्पनीले रू. २ अर्ब २८ करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । आइतवार अन्तिम शेयरमूल्य रू. ६५१ कायम भएको यस कम्पनीको शेयरमूल्य रू. ४ ले बढेको छ ।
कम्पनीको ६७ दिनको कारोबार अवधिको अन्तिम दिन सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने वा घट्नेमा अन्योलको स्थिति रहेको संकेत गर्दछ । आरएसआई ओभरबोट जोन ८१ दशमलव ८५ विन्दुमा छ । यसले शेयर खरीद चाप बढिरहेको देखाउँछ । कम्पनीको स्ट््यान्डर्ड डेभिएशन ७ दशमलव ४९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा माथि छ । आइतवारको कारोबारमा कायम भएको शेयरमूल्य रू. ६५१ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ६३२ मा टेवा पाउने देखिन्छ । आइतवारको शेयरमूल्य ६७ दिनको कारोबारमा सबैभन्दा उच्च मूल्य कायम भएको हो ।