ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गुराँस लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (सोमवार, १२ फागुन २०७६)

२०७६ फागुन, १२  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट माघ २१ गते स्वीकृति पाएसँगै कम्पनीले हकप्रद निष्कासन गर्ने भएको हो । कम्पनीले ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको हाल चूक्तापूँजी रू. ९३ करोड ८५ लाख छ । शतप्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चूक्तापूँजी रू. १ अर्ब ८७ करोड पुग्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीको चूक्तापूँजी रू. २ अर्ब पुर्‍याउन निर्देशन दिएसँगै पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १३ दशमलव १०१५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । आइतवार कम्पनीको शेयरमूल्य रू. ८५३ कायम भएको हो । 

कम्पनीको ६७ दिनको कारोबार अवधिको अन्तिम दिन सानो टुप्पी र लामो पुच्छर भएको सेतो मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई ओभरबट जोन ८२ दशमलव ९५ विन्दुमा छ । यसले शेयर खरीद चाप बढिरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १३ दशमलव ९२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. ८५३ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ८१३ मा टेवा पाउने देखिन्छ । बिहीवार कम्पनीको शेयरमूल्य ६७ दिनयताकै उच्च विन्दुमा पुगेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)