ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेशनल लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (सोमवार, १२ फागुन २०७६)

२०७६ फागुन, १२  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

यस कम्पनीले ६० प्रतिशत हकप्रद शेयर तथा २ दशमलव ५० र १३ दशमलव ५० प्रतिशत बोनस शेयरमार्फत चूक्तापूँजी रू. ३ अर्ब ८ करोड २६ लाखभन्दा बढी पुर्‍याएको छ । जगेडा कोषमा रू. ६९ करोड ६ लाखभन्दा बढी रकम छ । जीवन बीमा कोष रकम रू. ३० अर्ब १५ करोडभन्दा बढी रहेको यस कम्पनीले रू. ४ अर्ब ३० करोडभन्दा बढी बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ । यस वर्षको ६ महीनामा कम्पनीले रू. २३ करोड ५८ लाख ७० हजार नाफा गरेको छ । यस अवधिसम्म कम्पनीले रू. ३ अर्ब ९३ करोड ९ लाख बीमाशुल्क आर्जन गरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीमा ८ लाख ४ हजार ५४० बीमालेख कायम रहेको छ । आइतवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. २० ले बढेर रू. ७४३ कायम भएको छ । 

कम्पनीको ६७ दिनको कारोबार अवधिको अन्तिम दिन लामो टुप्पी र छोटो पुच्छर भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस दिन रू. ७६६ सम्म पुगेको मूल्य रू. ७४३ मा झरेर बन्द भएको छ । यसर्थ बढ्ने सक्ने संकेत गरे पनि सम्भावना भने कम रहेको छ ।  आरएसआई ओभरबोट जोन ७७ विन्दुमा छ । यसले शेयर खरीद चाप बढिरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १९ दशमलव ८७ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. ७४३ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ६९२ मा टेवा पाउने देखिन्छ । आइतवार ६६ दिनको कारोबारमा सबैभन्दा उच्च मूल्य कायम भएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)