यस कम्पनीको चूक्तापूँजी रू. ५ अर्ब ४९ करोड ६१ लाख पुगेको छ । २५ प्रतिशत बोनस शेयरमार्फत कम्पनीको चूक्तापूँजी बढेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा रू. २ अर्ब ६१ करोडभन्दा बढी रकम कायम रहेको छ । यस अवधिमा कम्पनीले रू. ३५ करोडभन्दा बढी नाफा गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले रू. २८ करोडभन्दा बढी नाफा गरेको थियो । कम्पनीको जीवन बीमा कोषमा रू. ७७ अर्ब ५९ करोडभन्दा बढी रकम रहेको छ भने बीमालेख धितोमा रू. १५ अर्ब ७३ करोड २० लाख भन्दा बढी कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी रू. १२ दशमलव ७७ रहेको कम्पनीको आइतवारको कारोबारमा अन्तिम शेयरमूल्य रू. ५० ले बढेर रू. १ हजार २९० कायम भएको छ ।
कम्पनीको ६७ दिनको कारोबार अवधिको अन्तिम दिन ह्वाइट ओपनिङ मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई ओभरबोट जोन ८४ दशमलव ३६ विन्दुमा छ । यसले शेयर खरीद चाप बढिरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३८ दशमलव २९ विन्दुमा छ । उतारचढाव मध्यम छ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. १ हजार २९० देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १ हजार १८६ मा टेवा पाउने देखिन्छ । ६७ दिनको कारोबारमा आइतवार सबैभन्दा उच्च मूल्य कायम भएको हो ।
Avi karta