कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १५ करोड १९ लाख नाफा कमाएको छ । यो नाफा गत वर्ष दोस्रो त्रैमासमा रू. १० करोड ८२ लाख थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ४० प्रतिशत बढी भएको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी ३२ प्रतिशत बढी भएको छ । गत आवको दोस्रो त्रैमासमा रू. १ अर्ब ५५ करोड आम्दानी गरेको कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. २ अर्ब ६ करोड १५ लाख आम्दानी गरेको हो । हकप्रद शेयर र बोनस शेयरमार्फत चूक्तापूँजी बढाएर रू. २ अर्ब १५ करोड ५१ लाख पु¥याएको छ । कम्पनीको जगेडा कोष रकम करीब ३२ प्रतिशत बढेर रू. ५६ करोड ८९ लाख कायम भएको छ । सोमवार कम्पनीको शेयरमूल्य रू. ५२४ कायम भएको हो ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन लङ्गलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ेन वा बढ्ने कुनै पनि निश्चित संकेत गर्दैन । आरएसआई ओभरबट जोन ८१ दशमलव २२ विन्दुमा छ । यसले शेयर खरीद चाप बढिरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १२ दशमलव शून्य ३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमवार कम्पनीको शेयरमूल्य रू. ५२४ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू.४९८ मा टेवा पाउने देखिन्छ ।