ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राइम लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (सोमवार, १२ फागुन २०७६)

२०७६ फागुन, १२  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

चालू आवको दोस्रो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्सको नाफा ७२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा कम्पनीले रू. १५ करोड ६० लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. ९ करोड ५ लाख थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. २० करोड ६ लाख आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो । चूक्तापूँजी रू. २ अर्ब रहेको कम्पनीले जगेडा कोषमा रू. १ अर्ब ४ करोड छुट्याएको छ । दोस्रो त्रैमाससम्म कम्पनीले रू. १ अर्ब ५९ करोड बीमाशुल्क आर्जन गरेको छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. ६३८ कायम भएको हो । 

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन लामो पुच्छर भएको सेतो मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई ओभरबट जोन ८२ दशमलव ८० विन्दुमा छ । यसले शेयर खरीद चाप बढिरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १७ दशमलव ८१ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतवार कम्पनीको शेयरमूल्य रू. ६५९ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ६१० मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)