कम्पनीले यस वर्ष ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आसोजमा लाभांश वितरण गर्ने प्रस्ताव गरे पनि हालसम्म साधारणसभा बोलाएको छैन । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड नाफा कमाएको छ । चूक्तापूँजी रू. ११ करोड ४१ लाख भएको कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ६४ छ । सोमवार कम्पनीको शेयरमूल्य रू. १ हजार २२४ कायम भएको हो ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई ओभरबोट जोन ७३ विन्दुमा छ । यसले शेयर खरीद चाप बढिरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५३ दशमलव ९६ विन्दुमा छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमवार कम्पनीकोे शेयरमूल्य रू. १ हजार २२४ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १ हजार १३१ मा टेवा पाउने र महँगिएमा रू. १ हजार २८५ मा प्रतिरोध पाउने देखिन्छ ।