ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनउत्थान सामुदायिक लघुवित्त : कम्पनी विश्लेषण (मंगलवार, १३ फागुन २०७६)

२०७६ फागुन, १३  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. २ करोड ५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १३९ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. ८५ लाख ७२ हजार नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले यस वर्ष शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश  (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्तावले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । सोमवार कम्पनीको शेयरमूल्य रू. १ हजार ९५० कायम भएको हो । 

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई ओभरबोट जोन ७८ दशमलव ७८ विन्दुमा छ । यसले शेयर खरीद चाप बढिरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५८ दशमलव ६२ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. १ हजार ९५० देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १ हजार ८३० मा टेवा पाउने र मूल्य महँगिएमा रू. १ हजार ९८२ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)