कम्पनीले यस वर्ष शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १५ दशमलव ५२ प्रतिशत नगद लाभांश दिएको हो । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ४० करोड ४१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २१ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. ३३ करोड ३२ लाख नाफा कमाएको थियो । चूक्तापूूँजी रू. १ अर्ब ५० करोड रहेको कम्पनीले जगेडा कोषमा रू. १ अर्ब ५१ करोड छुट्याएको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५३ दशमलव ८९ छ । सोमवार कम्पनीको शेयरमूल्य रू. १ हजार १४२ कायम भएको हो ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ेन संकेत गर्दछ । आरएसआई ओभरबोट जोन ७२ दशमलव ७६ विन्दुमा छ । यसले शेयर खरीद चाप बढिरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४९ दशमलव ४७ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमवारकोे शेयरमूल्य रू. १ हजार १४२ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १ हजार ४८ मा टेवा पाउने र महँगिएमा रू. १ हजार १७५ मा प्रतिरोध पाउने देखिन्छ ।