ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिला सहयात्रा लघुवित्त : कम्पनी विश्लेषण (मंगलवार, १३ फागुन २०७६)

२०७६ फागुन, १३  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्पनीले यस वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १ करोड २ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. १ करोड २५ लाख थियो । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा  नाफा १८ प्रतिशतले घटेको हो । सोमवार कम्पनीको शेयरमूल्य रू. ९०१ कायम भएको हो ।

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिन इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिसमा रिर्भस हुने संकेत गर्दछ । विश्वसनीयता भने सामान्य रहेको छ । आरएसआई ओभरबोट जोन ७१ दशमलव ४७ विन्दुमा छ । यसले शेयर खरीद चाप बढिरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३५ दशमलव शून्य १ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. ९१० देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ८३५ मा टेवा पाउने र मूल्य महँगिएमा रू. ९२० मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)