ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विजय लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, १३ फागुन २०७६)

२०७६ फागुन, १३  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्पनीले यस वर्ष २० प्रतिशत लाभांश शेयरधनीहरुलाई दिएको छ । गत पुस २६ गते आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन र १५ प्रतिशत बोनस शेयरका साथै ५ प्रतिशत नगद लाभांश कम्पनीले पारित गरेको हो । यस आवको दोस्रो त्रैमासमा रू. ५ करोड ६६ लाखभन्दा बढी नाफा कम्पनीले आर्जन गरेको छ । यो नाफा गत वर्ष रू. २ करोड ४२ लाखभन्दा बढी थियो । हाल कम्पनीको चूक्तापूँजी रू. २२ करोड ४० लाख ३१ हजार छ । जगेडा कोषमा रू. १० करोड ५७ लाखभन्दा बढी रकम छ । निष्क्रिय कर्जा २ दशमलव ६३ प्रतिशत रहेको यस कम्पनीले ३५ जिल्लामा ५७ शाखा कार्यालयमार्फत ५४ हजारभन्दा बढीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीको सोमवार अन्तिम शेयरमूल्य रू. १ हजार २४९ कायम भएको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन ह्यामर आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिस ट्रेन्डमा रिभर्सलको संकेत गर्दछ । सम्भावना भने न्यून छ । आरएसआई ओभरबोट जोन ८० दशमलव ६० विन्दुमा छ । यसले शेयर खरीद चाप बढिरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४८ दशमलव ७५  विन्दुमा छ । उतारचढाव उच्च मध्यम अवस्थामा रहेको छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. १ हजार २४९ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ९७१ मा टेवा र महँगिएमा रू. १ हजार २७५ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)