चालू आवको ६ महीना (दोस्रो त्रैमास)मा कम्पनीले रू. ८५ करोड ८८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १३ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. ७५ करोड ८२ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । कम्पनीले सो अवधिमा विद्युत् विक्रीबाट रू. ४० करोड ४७ लाख आम्दानी गरेको छ । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा ५ प्रतिशत बढी हो । कम्पनीले यस वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १८ प्रतिशतले नगद लाभांश दिएको हो । बिहीवार कम्पनीको शेयरमूल्य रू. ३९९ कायम भएको हो ।
कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिन लङ्गलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य अगाामी दिनमा घट्ने वा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई ओभरबोट जोन ७१ दशमलव ६७ विन्दुमा छ । यसले शेयर खरीद चाप बढिरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ५७ विन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीवारकोे शेयरमूल्य रू. ३९९ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ३९५ मा टेवा र महँगिएमा रू. ४०५ मा प्रतिरोध पाउने देखिन्छ ।