ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिलिमे जलविद्युत कम्पनी : कम्पनी विश्लेषण (शुक्रवार, १६ फागुन २०७६)

२०७६ फागुन, १६  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्पनीले यस वर्ष ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिएको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ३९ करोड ६६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा शून्य दशमलव ९० प्रतिशतले घटेको हो । सो अवधिमा कम्पनीले ४५ करोड ३१ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले नाफा कम हुन पुगेको हो । गत आवको दोस्रो त्रैमासमा रू. ६२ करोड ४२ लाखभन्दा बढी विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ६१ करोड ८६ लाख ६३ हजारमा सीमित भएको होे । बिहीवार कम्पनीको शेयरमूल्य रू.४६५  कायम भएको हो ।

कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिन ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिसमा रिर्भस हुने संकेत गर्दछ । विश्वसनीयता भने न्यून रहेको छ । आरएसआई न्यूट्रल जोन ६४ दशमलव ८६ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ९ दशमलव ४७ विन्दुमा छ । उतारचढाव उच्च सामान्य अवस्थामा छ । यो अवस्थाले जोखिम र प्रतिफलको अवस्था कम रहेको देखाउँछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ४६५ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ४४६ मा टेवा पाउने र मूल्य महँगिएमा रू. ४७२ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)