ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन पावर पार्टनर : कम्पनी विश्लेषण (शुक्रवार, १६ फागुन २०७६)

२०७६ फागुन, १६  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


यस कम्पनीले लमजुङमा दोर्दी खोलाको पानी उपयोग गरी २७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाबाट २०७६ चैत ३० गते गतेदेखि व्यापारिक उत्पादन शुरू गर्ने लक्ष्य कम्पनीको छ । यस अघि २०७६ भदौ १४ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य भए पनि बाढी, पहिरो तथा ट्रान्समिशन लाइनको निर्माणमा भएको ढिलाइका कारण मिति पर सरेको हो । आयोजना निर्माण सम्पन्न नहुँदा कम्पनीले आम्दानी गर्न सकेको छैन । आयोजना निर्माण कार्य सम्पन्न नभएकाले व्यापारिक आम्दानी नभएको र प्रशासनिक खर्चलाई सोही आयोजनामा पूँजीकृत गरिएकाले प्रतिशेयर आम्दानी गणना नगरिएको कम्पनीले जानकारी दिएको हो । बिहीवार कम्पनीको शेयरमूल्य रू. १६२ कायम भएको हो । 

कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिन ड्रयागन फ्लाई जोडी बुलिस आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिसमा रिर्भस हुने संकेत गर्दछ । आरएसआई न्युट्रल जोन ५६ दशमलव २७ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव १२ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. १६२ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १५२ मा टेवा र महँगिएमा रू. १६९ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)