चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ७७ लाख नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा नाफा २६ प्रतिशतले वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ४० लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले विद्युत् विक्रीबाट रू. ५ करोड ६१ लाख आम्दानी गरेको छ । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा ६ दशमलव ९ प्रतिशत बढी हो । सोही अवधिमा कम्पनीले रू. ५ करोड २४ लाख आम्दानी गरेको थियो । कम्पनीको चूक्तापूँजी रू. १ अर्ब ३८ करोड छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. ६८ कायम भएको हो ।
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिन लङ्गलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने वा घट्ने कुनै निश्चित संकेत गर्दैन । आरएसआई न्यूट्रल जोन ६७ दशमलव ६२ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव शून्य ५ विन्दुमा छ । उतारचढाव न्यून छ । यो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. ६८ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ६१ मा टेवा पाउने देखिन्छ । मंगलवार कम्पनीको शेयरमूल्य ६४ दिनयताकै उच्च विन्दुमा पुगेको हो ।