गत वर्ष ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले यस वर्षका लागि लाभांश वितरण प्रस्ताव गरेको छैन् । अघिल्लो आव २०७४/७५ को वार्षिक साधारणसभा गत असार २९ गते गरेको थियो । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ४ करोड ३४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २१ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ३ करोड ५८ लाख नाफा कमाएको थियो । चूक्तापूँजी रू. ४७ करोड ३५ लाख रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ दशमलव ३७ (वार्षिकीकरण गरिएको) छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. १८३ कायम भएको छ । शेयरमूल्य अघिल्लो दिनको तुलनामा रू. ५ ले घटेको हो ।
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ६० दशमलव ५० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७ दशमलव ६९ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. १८३ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १७४ मा टेवा पाउने र महँगिएमा रू. २०५ मा प्रतिरोध पाउने देखिन्छ ।