ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनाइटेड मोदी हाइड्रोपावर : कम्पनी विश्लेषण (शुक्रवार, १६ फागुन २०७६)

२०७६ फागुन, १६  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


यस कम्पनीले चालू आवको ६ महीनासम्म रू. ६ करोड ६५ लाखभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १९ दशमलव ९४ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ५ करोड ५५ लाख नाफा कमाएको थियो । यो ६ महीनासम्म कम्पनीले विद्युत् विक्रीबाट रू. १७ करोड ६१ लाख आम्दानी गरेको छ । यस वर्ष ८ दशमलव ४२ प्रतिशत नगद लाभांश दिएको कम्पनीको चूक्तापूँजी रू. १ अर्ब १५ करोड छ भने जगेडा कोषमा रू. ७ करोड ८४ लाख छुट्याइएको छ । प्रतिशेयर आम्दानी रू. ५ दशमलव ७९ रहेको यस कम्पनीको बिहीबारको कारोबारमा अन्तिम शेयरमूल्य रू. ११६ कायम भएको छ । यस दिन रू. २ ले शेयरमूल्य घटेको हो ।

कम्पनीको ६७ दिनको कारोबार अवधिको अन्तिम दिन सुटिङ स्टार आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य वियरिश ट्रेन्डमा रिभर्सलको संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५४ दशमलव ४३ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ५२ विन्दुमा छ । उतारचढाव न्यून अवस्थामा रहेको छ । यो अवस्थाले जोखिम र प्रतिफलको अवस्था न्यून रहको देखाउँछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयरमूल्य रू. ११६ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १०८ मा टेवा पाउने र महँगिएमा रू. १२२ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)